फास्टफुडको ब्यापारबाटै अर्बपति बनेका व्यक्तिहरु;

फास्ट फुड अहिले सामान्य खाना खाने ठाउँ मात्र नभएर जिबनशैलीकै रुपमा बिकसित भैसकेको छ, अहिलेको बिश्वमा । उदार अर्थब्यवस्थाको फैलावट र तीनले मानव जिवनलाई निकै ब्यस्त बनाएसँगै फास्ट फुडहरुले पनि आफ्नो संजाललाई तीब्र गतिमा बढाउन सकेका हुन् ।

फास्ट फुडको फैलावटसँगै तिनका मालिकहरु अर्बपति बन्ने क्रम पनि तिब्र गतिमा बढिरहेको छ ।फोब्र्सको पछिल्लो सूचीमा १४ जना अर्बपतिहरु फास्ट फुड बिजनेसबाट उदाएका छन् । ती मध्ये केहीलाई यहाँ उल्लेख गरिएको छ ।

मेरियन लिट्च र परिवार कम्पनीः

लिटिल सिजर,    कुल सम्पत्तिः ६ अर्ब डलर

‘लटिल सिजर पिज्जा’को संस्थापक मेरियन लिट्ज र उनको परिवारसँग ६ अर्ब डलर बराबरको सम्पत्ति छ । उनको संथापक पति माइकल लिट्जको भने ८७ बर्षको उमेरमा निधन भैसकेको छ ।

यो जोडी अमेरिकामा आउने पहिको पुस्ताको मेसिडोनियन आप्रवासी हो । उनीहरुले सन् १९५९ मा आफ्नो सम्पुर्ण बचत—१० हजार डलर—लगानी गरेर मिचिगनमा पहिलो रेष्टुरेन्ट स्थापना गरेका थिए  । हाल उनीहरुको रेष्टुरेन्ट अमेरिकाको सबैभन्दा ठूलो चेन पिज्जा रेष्टुरेन्ट भएको छ ।

लिटिल सिजरले सन् २०१६ मा ४.२ अर्ब डलर बराबरको कारोबार गरेको थियो । अमेरिका बाहिर पनि करिब २० देशमा उनीहरुको रेष्टुरेन्टले आफ्नो संजाल बिस्तार गरिसकेको छ ।

बुबा क्याथी र ड्यान क्याथी 

कम्पनीः चिक-फिल-ए,   कुल सम्पत्तिः ३.८ अर्ब डलर

दुई दाजुभाइ बुबा र ड्यानले चिक-फिल-ए को बिरासत आफ्ना बाबु ट्रुइट क्याथीबाट  पाएका हुन् । क्याथीको सन् २०१४ मा ९३ बर्षको उमेरमा निधन भैएको थियो । ट्रुइट क्याथीले चिक-फिल-ए को पहिलो रेष्टुरेन्ट सन् १९६७ मा एट्लान्टा मलमा खोलेका थिए ।

उनी त्यहाँ फ्याक्ट्रि र एयरर्पोटका कामदारलाई ‘चिकेन स्यानविच’ बेच्ने गर्दथे । चिक-फिल-ए को अहिले २ हजार वटा आउटलेट पुगिसकेको छ । फ्रइड चिकन बेच्ने चिक-फिल-एका मालिकहरु सन् २०१५ मा ३.२ अर्ब डलरका साथ फोब्र्सको सूचीमा प्रवेश गरेका थिए । यो बर्ष उनीहरुको कुल सम्पत्ति ३.८ अर्ब डलर पुगेको छ ।

टोनी टान क्याक्टिओङ र परिवार   कम्पनीः

जोलीबी ,  कुल सम्पत्तिः ३.४ अर्ब

टोनी टान क्याक्टिओङले जोलीबी रेष्टुरेन्टको माध्यमबाट ३.४ अर्ब डलर सम्पत्ति कमाएका हुन् । उनको रेष्टुरेन्टमा फिलिपिनो, चाइनिज, अमेरिकी र युरोपियन खाना पाइन्छ ।

सन् १९७८ मा क्याक्टिओङले फिलिपिन्समा आइसक्रिम पार्लर खोलेका थिए । अहिले जोलीबीको २९ सय आउटलेट मध्ये यो आउटलेट सबैभन्दा पुरानो हो । अहिले पनि जोलीबीको बिस्तार निकै आक्रमक छ । हालै जोलीबीले अमेरिकी बर्गर चेन ‘स्म्यास बर्गर’को ४० प्रतिशत सेयर १० करोड डलरमा खरिद गरेको थियो ।

Comments

Back to top