गर्मीले सिराहाकाे जनजिवन प्रभावित, लाहानमा आजबाट बिद्यालय बन्द

पछिल्लो केही दिनदेखिको आत्याधिक घामसँगै बढेको गर्मीले सिरहा सहित मधेश प्रदेशको जनजिवन कष्टकर बनेको छ । 

करिब एकसाता देखि आत्याधिक रुपमा बढेको गर्मीका कारण जिल्लाको सिरहा,लाहान,गोलजार,र मिर्चैया सहित मधेश प्रदेशकै जनजिवन प्रभावित भएको हो । एक सातादेखि लगातार बढीरहेको गर्मीका कारणले जिल्लाको सिरहा,लाहान,गोलबजार,र मिर्चैया बजारहरुमा किनमेल गर्न आउने सेवाग्राही पनि घटेको व्यापारीहरु सुनाउँछन्।

एकातिर देशमा आर्थिक संकट र अर्को तिर आत्याधिक गर्मीका कारण व्यापारीहरु मार्कामा परेको गोलबजार उद्योग व्यापार संघका अध्यक्ष विजय साहले बताए । उनले भने, ‘देशले आर्थिक संकट झेलिरहेको अवस्थामा गर्मी बढेसंगै बजारहरुमा किनमेल गर्न आउनेहरुको चहलपहल समेत घटेको उनको भनाइ छ । उनले , ‘व्यापारमा मन्दि छाइरहेको वेला गर्मीले पनि बाकि राखेन,यसले व्यापारमा ठुलो क्षती पुग्ने सुनाए ।’

आत्याधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै लहान नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने भएका छन्। नगरपालिकाले बिहीबार सूचना जारी गर्दै गर्मीको कारणले बालबालिकामा प्रतिकुल असर पर्ने भन्दैे  भोली जेठ १९ गतेदेखि २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन् । 

Comments

Back to top