उत्तर कोरियाले गरेको जासुसी उपग्रह प्रक्षेपणको दक्षिण कोरिया र अमेरिकाले गरे निन्दा

प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपिआरके)ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्यपि प्योङ्याङको परीक्षण दुर्घटनाका कारण असफल भएको छ । 

जापानले उत्तर कोरियाको उपग्रह प्रक्षेपणको असफल प्रयासबाट संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूको गम्भीर उल्लङ्न भएको उल्लेख गर्दै त्यसको निन्दा गरेको छ । ‘उत्तर कोरियाको उक्त कदमको जापान विरोध र निन्दा गर्दछ,’ जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भनेका छन् ।  उत्तर कोरियाली अधिकारीहरूका अनुसार प्योङयाङले टोकियोलाई प्रक्षेपणका सम्बन्धमा जानकारी दिएको थियो । 

संयुक्त राज्य अमेरिकाले प्रक्षेपणको निन्दा गर्दै प्योङयाङलाई तत्काल उत्तेजक कार्य बन्द गर्न आह्वान गरेको छ । राष्ट्रिय सुरक्षा प्रवक्ता एडम होजले प्योङ्याङ र वासिङ्टनबीचको कूटनीति संवाद बन्द नभएको उल्लेख गर्दै उनले आफू र आफ्ना सहयोगीलाई बचाउन अमेरिकाले सबै आवश्यक उपाय अवलम्बन गर्ने बताएका छन् । 

Comments

Back to top