चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्षयात्री पुर्याउने योजना गर्यो सार्वजनिक
चीनले द्रुत गतिमा अघि बढाइरहेको अन्तरिक्ष कार्यक्रम अन्तर्गत सन् २०३० अगावै चन्द्रमामा अन्तरिक्षयात्रीहरू उतार्ने योजना सार्वजनिक गरेको छ ।
चिनियाँ अधिकारीहरूले सोमबार गरेको घोषणा अमेरिकासँगको प्रतिस्पर्धा चर्किरहेको बेलामा भएको हो ।
अमेरिकाले चाहिँ सन् २०२५ को अन्त्यसम्ममा अन्तरिक्षयात्रीहरूलाई चन्द्रमाको सतहमा पुनः पुर्याउने लक्ष्य लिएको छ । त्यसमा निजी क्षेत्रका स्पेसएक्स र ब्लु ओरिजिनले पनि सहयोग गर्नेछन् । यसैबीच चीनले मंगलबार बिहान तीनजना अन्तरिक्षयात्रीलाई देशको स्पेस स्टेशनतर्फ पठाएको छ । त्यस स्टेशनमा ६ महिनादेखि रहेका अन्तरिक्षयात्रीलाई उनीहरूले विस्थापित गर्नेछन् ।
चीनले चन्द्रमाको सतहमा छोटो अवधि बस्ने तथा मानव र रोबोटको संयुक्त अन्वेषण गर्ने तयारी गरिरहेको चाइनिज म्यान्ड स्पेस एजेन्सीका उपनिर्देशक लिन सिछ्याङले बताएका छन् ।
Comments