सौफको पानीले मोटोपना घटाउँछ, शरीर डिटक्स गर्छ !

विश्वभरिका धेरै मानिस मोटोपनाको समस्यासँग जुधिरहेका छन् । मोटोपनाकै कारण हृदयाघात र मधुमेहजस्ता समस्या पैदा हुन थालेका छन् ।

तौल घटाउनका लागि जिम जानु र वर्क आउट गर्नु एक मात्र विकल्प होइन । हाम्रो भान्सामा एउटा यस्तो औषधी छ जसले तौल नियन्त्रणमा सहयोग गर्छ । यसका लागि तपाईंलाई सौफको पानीले मद्दत गर्न सक्छ।

साधरणतया सौफलाई हामी खाना खाएपछि माउथ फ्रेसनर र पाचकको रूपमा प्रयोग गर्छौँ तर यो तौल घटाउन पनि सहयोगी हुन्छ ।

सौफका दाना फाइबर, एन्टिअक्सिडेन्ट र खनिजको एक समृद्ध स्रोत हो जसले बोसो पगाल्न मद्दत गर्न सक्छ । सौफको दानाले पाचन र मेटाबोलिजमलाई पनि ठिक राख्न सहयोग गर्छ । 

एक चम्चा सौफलाई एक गिलास पानीमा रातभरिका लागि भिजाउनुहोस् । बिहान सबैभन्दा पहिला यो पानी खानुहोस् । सौफको पानीले पेट भरिएको महसुस गराउँछ । यसले गर्दा धेरै खाने इच्छा हुँदैन र तौल सहजै कम गर्न सकिन्छ ।

सौफमा भएको इसेन्सियल ओयलले टक्सिन निकालेर शरीरलाई सफा राख्न पनि मद्दत गर्छ ।

तन्तुलाई ऊर्जा दिन मेटाबोलिजमको महत्त्वपूर्ण भूमिका हुन्छ । सौफले मेटाबोलिजमलाई तीव्र बनाउन मद्दत गर्छ, विशेष गरी खाली पेटमा यो सेवन गर्नु शरीरका लागि थप फाइदाजनक मानिन्छ ।

सौफ एक प्राकृतिक डिटक्सिफायर हो । त्यसैले खाना खाएपछि यो खाने गरिन्छ । यसले तपाईंको शरीरबाट विभिन्न विषाक्त पदार्थलाई बाहिर निकाल्नुका साथै पाचन तन्त्र पनि बलियो बनाउँछ । गर्मीमा पाचन तन्त्रलाई ठिक राख्नका लागि पनि सौफ खाने गरिन्छ । पेट ठिक हुनुको सिधा असर तौलमा पनि पर्छ ।

 

 

Comments

Back to top