एन्ड्रिउ कार्नेजीः स्टिलका कुनै बेलाका बादशाह, जो धागो बुन्ने काम गर्थे !

उद्योगपति कार्नेजी स्टिलका संस्थापक हुन् । उनी कुनै समय पुरै ‘गे्रट ब्रिटेन’को भन्दा बढि स्टिल उत्पादन गर्थे । उनी कुनै बेला स्कटल्याण्मा गरिब धागो बुन्ने कामदार थिए ।
उनी गरिबी मै हुर्के र एक कोठाको घरमा गुजारा चलाउँथें । उनी कतिसम्म गरिब थिए भने भोग मेटाउन वा बिर्सनलाई सुत्ने गर्दथे ।

१३ बर्षको उमेरमा उनी कपडा बुन्ने मिलमा धागो फेर्ने काम गर्थे । उनी हप्ताको ६ दिन र दिनको १२ घण्टा सो कपडा मिलमा काम गर्थे । फुर्सदको समयमा भने स्कटल्याण्का बिभिन्न ‘हिरोहरु’का बारेमा पढेर बिताउँथे ।

तर, भित्रैदेखि उद्यमी भएका कारण कठोर परिश्रम गर्थे । उनको मेहेनतकै कारण ‘मेसिन अपरेटर’मा बढुवा पनि भए । त्यसपछि उनको रेलको लिक बिछ्याउने काम गरे, जहाँ उनले ब्यवसायका बारे जानकारी हासिल गरे । र, स्टिल र तेल कम्पनीहरुमा लगानी गर्न थाले । यी कम्पनीहरुबाट उनले धेरै पैसा कमाए ।

सन् १८८९ सम्म आइपुग्दा त उनको कार्नेजी स्टिल कर्पोरेसन बिश्कै ठूलो कम्पनी (सो क्षेत्रको) भैसकेको थियो । र, उनी बिश्वकै सबैभन्दा धनी ब्यक्ति बन्न पुगे ।

अहिले अमेरिकी निर्मातासमेत भनेर चिनिने उनले सन् १९०१ मा आफ्नो कम्पनी जेपी मोर्गनलाई झण्डै ५० करोड डलरमा बिक्री गरे । र, आफुलाई समाजसेवामा समर्पित गरे । उनले करोडौं डलर न्युयोर्क सार्वजनिक पुस्तकालयमा दान गरे । उनले ‘कार्नेजी इन्सटिच्युट अफ टेक्नोलोजी’ पनि स्थापना गरे, जसलाई अहिले कार्नेजी–मेलन बिश्वबिद्यालयको रुपमा चिनिन्छ ।

स्मरण रहोस्, उनको यात्रा एउटा साँघुरो कोठा र भोको पेटबाट शुरु भएको थियो ।

Comments

Back to top