टाट पल्टिनबाट बच्याे अमेरिका

ऋण संकटसँग लडिरहेको अमेरिका टाट पल्टिने अवस्थामा पुगेको थियो तर अब छिट्टै अमेरिकाले यो संकट पार गर्ने देखिएकाे छ । वास्तवमा, ऋण सीमामा राष्ट्रपति जो बाइडन र रिपब्लिकन सांसद तथा अमेरिकी कांग्रेसका अध्यक्ष केभिन म्याकार्थीबीच एक सम्झौता हुने पक्का भएकाे छ।

यस सम्झौता अन्तर्गत ऋणको सीमा ३१.४ ट्रिलियन डलर पुर्याउने सहमति भएको छ। योसँगै अमेरिकामा करिब एक महिनादेखिकाे मनमुटाव पनि अन्त्य हुनेछ ।

सञ्चारमाध्यमका अनुसार दुई शीर्ष नेताबीच पूर्ण सहमति नभए पनि लगभग सहमति भइसकेको छ । केही विषयमा भने छलफल बाँकी छ र छिट्टै दुवै नेताले सहमतिमा अन्तिम मोहर लगाउनेछन् । रिपोर्टका अनुसार राष्ट्रपति बाइडन र केभिन म्याकार्थीबीच शनिबार साँझ ९० मिनेटको फोन वार्ता भएको थियो। यो सम्झौतासँगै आर्थिक संकट झेलिरहेको अमेरिकाले राहत पाउनेछ ।

यदि ऋण सीमामा छिट्टै सहमति नभएको भए अमेरिकाको कोष खाली हुन सक्ने थियो, जसका कारण अमेरिका टाट पल्टिने खतरा थियो । यसले अमेरिका मात्र नभई सम्पूर्ण विश्व अर्थतन्त्रलाई असर गर्ने छ।

Comments

Back to top