विष्णुहरि पन्त: वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको केरा खेतीले बने करोडपति !

 चितवन रत्ननगरका विष्णुहरि पन्त पेशाले केरा किसान हुन । इजरायलमा जम्मा ३ प्रतिशत जनसंख्याले कृषिमा काम गरिरहेको छ । त्यसमा सहयोग गर्न उनी जस्तै विदेशी नागरिकहरु हजारौंको संख्यामा दिनरात नभनी कृषिमा काम गरिरहेका छन् ।

त्यति सानो जनसंख्याले उत्पादन गरेको कृषि उत्पादन छिमेकी मुलुकका भान्सासम्म पुगेको छ ।

हाम्रो मु्लुकको ६० प्रतिशत जनसंख्या कृषिमा आश्रित भए पनि हरेक वर्ष ठूलो संख्यामा विदेशबाट कृषिजन्य उत्पादन आयात गरिरहनु परेको सम्झेर उनलाई कैयन पटक चटक्क छाडेर कति बेला स्वदेश फर्कौ जस्तै हुन्थ्यो ।

‘म त्यहाँ ५ वर्ष बसेर बिदामा नेपाल आएँ, फर्केर जान मनले मानेन’ उनले सुनाए ।

इजरायलबाट आफ्नै गाउँ फर्केपछि युरोपमा बस्ने आफन्तहरुले त्यतै आउन निकै कर गरे । आफन्तहरुले नेपालमा भन्दा यूरोप मै करिअर राम्रो हुन्छ भन्दै विभिन्न प्रलोभन पनि देखाए । त अहँ उनको मनले मानेन् ।

इजरायलमा काम गर्दा उनले सिकेको सीप आफ्नै बारीमा खन्याउने हो भने केही त गर्न सकिएला भन्ने आँट मनमा छँदै थियो । तर पनि मनमा सोचे जस्तै सफलता हात पर्दैन कि भन्ने तनावले कहिलेकाँही मन विचलित पनि बनाउँथ्यो ।

अन्ततः उनी केरा खेती नै गर्ने निर्णय गरे । आफ्नो खेत अर्कैसँग थियो । त्यसलाई फिर्ता गरे । आवश्यक थप केही जमिन भाडामा लिए । इजरायल छँदा दुःख गरी कमाएको धन आँखा चिम्लेर केरा खेतीमा लगाए ।

तराईको समथर जमिनमा उम्रिएका केराका बोटलाई हरेक वर्ष आउने हावाहुरीले सोत्तर पाथ्र्यो । त्यसबाट हरेक वर्ष किसानले ठूलो क्षति बेहोरेको आफ्नै आँखाले नदेखेका होइनन तर पनि उनलाई एकपटक जसरी पनि भए आफ्नै देशमा केही गर्न पर्छ भन्ने आत्मविश्वासले जित्यो ।

आफ्नो र भाडामा लिएको जग्गामा हजारौं केराका बोट उमारे । केरा हुर्कदैँ थियो, अलिक वयस्क हुने बेलामा हावाहुरी र असिना निर्मम ढंगले केराका कलिला बोटमा बज्रियो । यसबाट उनी लगानी उठाउन नसक्ने गरी थिचिए।

तर हावाहुरीको त्यो चुनौतीसँग उनले कत्ति पनि हार मानेन र फेरि पनि दोस्रो वर्ष अझ बढी केराका हरिया बोट जमिनमा उमारे ।
पहिलो वर्षको हावाहुरी दोस्रो वर्ष पनि आयो । सबैजसो केराका बोट एक–एक गरी ढाल्यो । भर्खरै पसाउँदै गरेका केरा माटोमा मिसिए । केरा खेती सुरु गरेको २ वर्षसम्म २५ लाखभन्दा बढी घाटा बेहोरे पछि उनी आफ्नै निर्णयलाई सच्चाउने मन बनाए ।

यो उनको मात्रै भोगाइ थिएन । मौसमको नियतीमाथि कसैको केही नचल्ने उनले देखका थिए । उनी जस्तै सयौं किसानहरुको हात पनि उनको भन्दा कम थिएन ।

त्यसैबीच सरकारले कृषि बीमा योजना ल्यायो । त्यही योजना शिखर इन्स्योरेन्सले टपक्क टिपेर चितवनका किसानका घर–घरमा पुर्यायो । शिखरले साथ दिन्छु भन्दै ढाडस दिएपछि केरा किसानले बल्ल राहतको श्वास फर्न पाए । शिखर पुगेको वर्ष उनले अझ बढी क्षेत्रफलमा केरा खेती गरे ।

सरकारले किसानलाई प्रोत्साहन गर्नका लागि यस्तै कार्यक्रम ल्याइदियो भने यो प्रतिशतलाई पनि अझ बढाउन सकिने उनको सुझाव छ ।

Comments

Back to top