रोचक तथ्य: दुनियाँका सबैभन्दा साना देश !
विश्वमा रुस जस्ता लाखौँ करोडौँ वर्ग किलोमिटर क्षेत्रफल भएका देश मात्र होइन सहरको एउटा वस्तीजत्रै क्षेत्रफल भएका देशहरु पनि छन् ।
भ्याटिकन सिटी: विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटीको क्षेत्रफल ०.४४ वर्ग किलोमिटर छ । यहाँको जनसंख्या ८ सय रहेको छ । तर त्यस देशमा कुल कामकाजी मान्छेको संख्या भने १ हजार छ, जस मध्ये अधिकांश विदेशी छन् । क्षेत्रफलमा निकै सानो हुनुका बाबजुत भ्याटिकन सिटीमा दुनियाको सबैभन्दा ठूलो चर्चका साथै कैयन् आलिशान महलहरु पनि छन् ।
मोनाको: मोनाको दुनियाको दोश्रो सानो देश हो । वर्षौँ देखिको समुद्री लहरले छिया छिया पार्दैजाँदा यो देशको क्षेत्रफल घटिरहेको छ र अब केवल २.०२ वर्ग किलोमिटर मात्र भूमि बाँकी छ । यो देश पर्यटनको हिसाबले निकै सम्वृद्ध छ । यहाँको जनसंख्या ३७,८३१ छ र यहाँको अर्थव्यवस्था निकै उन्नत छ ।
नाउरु: विश्वको तेश्रो सानो देश हो नाउरु । यसको क्षेत्रफल २१.३ वर्ग किलोमिटर रहेको छ । यो देशको आफ्नै सेना छैन । यो टापु देश प्रशान्त महासागरको बीच भागमा रहेको छ र यहाँको जनसंख्या १० हजार रहेको छ ।
तुभालु: विश्वको चौथो सानो देश तुभालुको क्षेत्रफल २६ वर्ग किलोमिटर रहेको छ । सन् १९७८ मा बेलायतबाट स्वतन्त्र भएको तुभालु तिनवटा टापु मिलेर बनेको छ । अमेरिकाको हवाई र अस्ट्रेलियाको बीचमा रहेको यो देशको कुल जनसंख्या ९,८७६ छ ।
सान मारिनो: दुनियाको पाँचौ सानो देश सान मारिनोको क्षेत्रफल ६१ वर्ग किलोमिटर रहेको छ । यो देशको खोज सन् ३०१ । इटालीको बीचमा रहेको यो देश विश्वको सबैभन्दा प्राचीन देश मध्येको एक हो । यहाँको कुल जनसंख्या ३१,४४८ हो ।
Comments