अनौठो ठाउँ जहाँ नाताभित्रै बिहे गर्दा फैलिन्छ यस्तो रोग!

इण्डोनेसियाका तिनवटा गाउँमा धेरै मानिसहरु एक अनौठो रोगबाट पीडित छन्।

कमपुंग इडियट भनिने डाउन सिन्ड्रोम नामक रोगका कारण त्यहाँका धेरै मानिस मानसिक रुपमा अस्वस्थ छन् । खासगरी नाता सम्बन्धमा बिहे गरेका लोग्नेस्वास्नीबाट जन्मिने बच्चामा यस्ता समस्या हुने बताइएको छ । यो रोगबाट पीडित रोगीहरुलाई सांग्लोमा बाँधेर राख्ने गरिएको छ ।

पोंगोरो जिल्लाका यी तिनवटा गाउँको जनसंख्या ८ लाख ८० हजार छ र त्यसमध्ये ४ सय भन्दा बढि मानिसहरु यो रोगबाट पीडित छन् । सिरोहारजो, करंगपटिहान र क्रेबेत गाउँमा १० देखि ५० वर्षसम्मका मानिसहरु छन् यो रोगका लागेका ।

मानिसहरुका अनुसार नाता कुटुम्ब भित्रै बिहे गर्ने तथा नाताभित्रै सेक्स गर्ने कारणले गर्दा बच्चामा यस्तो रोग देखा पर्दछ । कतिपयले भने आयोडिन तथा अन्य पौष्टिक तत्वका कारण यस्तो रोग हुने बताउँछन् ।

डाउन्स सिन्ड्रोम एक वंशाणुजन्य रोग हो। यो रोगबाट प्रभावित मानिसको मानसिक अवस्था कमजोर हुन्छ। उनीहरुलाई उपचार र पुनस्र्थापनाको आवश्यकता पर्ने भएपनि ती गाउँहरुमा बिरामीहरुलाई अस्पताल होइन फलामै सांग्लोले बाँधिएर राख्ने गरिएको छ ।

Comments

Back to top