पुरुषले खाने गर्भनिरोधक चक्कीका रोचक तथ्य यस्ता छन्!

अहिलेसम्म अनिच्छुक गर्भ रोक्ने दबाब महिलामा नै छ । यस उद्देश्यका लागि स्थायी बन्ध्याकरण पछि महिलाहरू गर्भ निरोधक चक्कीमा सबैभन्दा बढी निर्भर छन् । अमेरिकी मेडिकल एजेन्सी ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ को हालैको अनुसन्धान अनुसार अब पुरुषका लागि गर्भ निरोधक औषधि बनिसकेको छ । यो औषधि सेवन गरेपछि यौन सम्पर्क गरेपछि पनि महिला गर्भवती  हुँदैनन् । यी चक्कीहरू कहिले बजारमा आउँछन्, कसरी काम गर्नेछन् र यसको कुनै साइड इफेक्ट होला ? आज यी प्रश्नको जवाफ खोजौँ ।

अनुसन्धान अहिले सफल भएको छ । तपाईँले भन्न सक्नुहुन्छ कि यो अनुसन्धानको पहिलो चरण हो । त्यसैले यो विश्व बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन । यो पहिले अमेरिकी बजारमा उपलब्ध हुन्छ वा सबै देशमा एकैसाथ लन्च गर्ने भन्ने पनि अहिले नै भन्न सकिने अवस्था छैन ।

अमेरिकामा गरिएको यस अनुसन्धानमा पुरुषको गर्भ निरोधक चक्कीले त्यस्तो कुनै असर नपर्ने दाबी गरिएको छ । यसलाई नन हार्मोनल कन्ट्रासेप्टिभ पिल्स नाम दिइएको छ । अर्थात्, यसको प्रयोगले पुरुषको टेस्टोस्टेरोन कम हुने तर नष्ट हुने छैन।  यिनीहरूको प्रयोगले पुरुष र महिला दुवैका लागि परिवार नियोजनका विकल्पहरू बढाउनेछ र अनावश्यक गर्भावस्था रोक्न मद्दत गर्नेछ ।  पुरुषहरू अहिलेसम्म परिवार नियोजनमा सक्रिय थिएनन्, उनीहरू यो विकल्प पछि थप सक्रिय हुन सक्छन् ।

Comments

Back to top