यस्तो देश जहाँ धनी जान पाउँदैनन् गरीबको वस्तीमा
दुनियामा यो भन्दा ठूलो वर्गीय विभेद तथा अपहेलना के हुन सक्छ ? गरीबले आफ्नै देशको कुनै सहरमा जानै नपाउने । हो, पेरु यस्तो देश हो जहाँ धनी र गरीबको वस्तीबीच साँच्चीकै पर्खा ठड्याइएको छ ।
अन्तराष्ट्रिय मिडियाहरुमा यसलाई लाजमर्दो पर्खाल अर्थात् वाल अफ शेमको नामले चिनिन्छ र यो पर्खालका विषयलाई लिएर विरोध समेत हुने गरेको छ ।
वास्तवमा यो पर्खालले धनी र गरीबको वस्तीलाई छुट्टाउँछ र गरीबहरु पर्खाल नाघेर धनी मानिसहरु बस्ने वस्तीमा जान पाउँदैनन् ।
गरीबहरु १० फिट अग्लो यो पर्खाल ननाघून् भन्नका लागि पर्खाको माथि काँडेतार समेत लगाइएको छ । पेरुको बर्लिन पर्खालको नामले समेत चिनिने यो घृणित पर्खाल राजधानी लिमा नजिकैको क्षेत्रमा मौजुद छ ।
यो पर्खालले सान जुआन डी मिराफ्लोस र सुर्को क्षेत्रलाई छुट्टाएको । पर्खालको एकापटि्टको क्षेत्रमा पर्ने लस क्याजुआरिनाजमा देशका सबैभन्दा धनी मानिसहरु बस्दछन् भने विस्टा हर्मोसा गरीबहरुको वस्ती हो । गरीबहरु धनीको वस्तीमा पसेर चोरी डकैती नगरुन् भन्नका लागि यस्तो पर्खाल निर्माण गरिएको बताइन्छ ।
यो पर्खाललाई लिएर स्थानीयवासी, अभियानकर्ता तथा सोसल मिडिया प्रयोगकर्ताहरुले तिव्र विरोध गरिरहेका छन् । मानिसहरुले यो पर्खाललाई रंग्याउन पनि सुरु गरिसकेका छन् । तस्वीरहरु सोसल मिडियामा भरपूर शेयर गरिन थालेका छन् ।
Comments