अमेरिकी केन्द्रीय बैंकले बढायो शून्य दशमलव २५ प्रतिशतले ब्याजदर

अर्थतन्त्र मन्दीमा फस्दै गएपछि अमेरिकी केन्द्रीय बैंकले पुनः ब्याजदर बढाएको छ।

फेडरल रिजर्भ बैंकले शून्य दशमलव २५ प्रतिशतले ब्याजदर बढाएको हो।

पछिल्ला १४ महिनामा दशौं पटक ब्याजदर बढाइएको हो भने योसँगै अमेरिकामा ब्याजदर १६ वर्ष यताकै उच्च भएको छ ।

सन् २०२२ मा लगभग शून्यको हाराहारीमा रहेको ब्याजदर अहिले ५ दशमलव २५ प्रतिशत पुगेको छ ।

ब्याजदर महँगो हुँदा बैंकबाट लिने ऋण महँगो पर्ने छ भने त्यसले सर्वसाधारणको दैनिकीलाई प्रत्यक्ष असर पुर्‍याउने छ ।

अमेरिकामा पछिल्लो समय रोजगारी कटौती र महँगीको दोहोरो मारमा सर्वसाधारण परेका छन् । अमेरिकाको असर युरोपमा पनि परिसकेको छ ।

एजेन्सी

Comments

Back to top