मान्छेको पिसाब सुँघेरै क्यान्सर पत्ता लगाइदिने अनौठो कुकुर
क्यान्सर पत्ता लगाउन विभिन्न खाले आधुनिक परीक्षणहरु हुने गरेका छन् । तर अब भने कुकुरले सुँघेरै क्यान्सर पत्ता लगाउन सक्नेछ ।
अमेरिकामा एक जर्मन शेर्फड नश्लको कुकुर छ जसले सुँघेरै थाइराइड क्यान्सर भए नभएको पत्ता लगाउन सक्छ ।
यो कुकुरले सुँघेर क्यान्सर पत्ता लगाउने नै हो भनेर कुकुरमाथि धेरै पटक परीक्षण गरियो र हरेक पटक यो कुकुर नतिजामा सफल देखियो ।
अमेरिकाको अर्कान्सस युनिभर्सिटीका शोधकर्ताहरुले जाँचका लागि ३४ जना मानिसको पिसाब यो फ्यांक्री नामक कुकुरलाई सुँघाएका थिए । कुकुरले ८८ प्रतिशत सही जानकारी दियो र थाइराइड ट्युमरको पहिचान गर्न सफल भयो ।
यो कुकुरलाई पिसाब सुँघेर थाइराइडको क्यान्सर पत्ता लगाउनका लागि तालिम दिइएको हो । स्मरण रहोस् कुकुरको सुँघ्ने क्षमता मानिसको भन्दा ४ गुणा बढि हुन्छ । तर सुँघेरै सरीरमा क्यान्सर भए नभएको समेत पत्ता लगाउन सक्ने खालको अत्यधिक शक्तिशाली गन्ध क्षमता कुकुरमा भएको तथ्य भने निकै आश्चर्यजनक भएको वैज्ञानिकहरु बताउँछन् ।
Comments