भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड कायम

भारतको आन्तरिक उडडयन क्षेत्रमा नयाँ रेकर्ड कायम भएको छ ।  

एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गरे पछि भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड कायम भएको हो । 

गत आइतबार अर्थात ३० अप्रिलका दिनमा  ४ लाख ६६ हजार ८२ यात्रुले हवाइ उडान गरेका छन् । यससँगै आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा धेरै व्यक्तिले हवाई यात्रा गरेको नयाँ कीर्तिमान बनेको हो ।

भारतीय सञ्चारमाध्यमकाच अनुसार २ हजार ९ सय ७८ उडानमार्फत् यो नयाँ रेकर्ड कायम हुन सकेको भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले जानकारी दिएका छन् ।

इन्टरनेस्नल एअर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीएं) का अनुसार कोरोना महामारीपछि आन्तरिक यात्रुको सङ्ख्या बढ्दै गएको र यसले भारतको आर्थिक सुधारलाई देखाउँदै लगेको जनाएको छ ।
 

Comments

Back to top