विश्वव्यापी रोजगार बजारमा संकट, ५ वर्षभित्र १.४ करोडको रोजगारी जोखिममा

विश्वव्यापी रोजगार बजारमा संकटको बादल देखिन्छ। आगामी ५ वर्षभित्र १ करोड ४ लाखजनाको रोजगारी जोखिममा पर्नेछ।

रोजगारी जोखिममा पर्नुको पहिलो कारण भनेको अर्थतन्त्र कमजोर हुनु हो। अर्को कारण कम्पनीहरुले आर्टिफिसियल इन्टिलिजेन्स (एआई)जस्ता प्रविधिहरु बढ्दो रुपमा अपनाइरहेका छन्। यो जानकारी वर्ल्ड इकोनोमिक फोरम (डब्ल्यूईएफ)ले दिएको हो। 

डब्ल्यूईएफले आइतबार सार्वजनिक गरेको प्रतिवेदन ८०० भन्दा बढी कम्पनीहरुको सर्वेक्षणमा आधारित थियो।

डब्ल्यूईएफले सर्वेक्षणबाट सन् २०२७ सम्ममा कम्पनीहरुले ६ करोड ९० लाख नयाँ रोजगारी सिर्जना गर्ने देखाएको छ। यी अवधिसम्म कम्पननीहरुले ८ करोड ३० लाख पोस्टहरु हटाउनेछन्। यसले १ करोड ४० लाखजना रोजगारी गुमाउनेछ। यो हालको कुल रोजगारीको २ प्रतिशतबराबर छ। 

डब्ल्यूईएफले हरेक वर्ष स्विट्जरल्याण्डको डाभोसमा विश्व नेताहरुको बैठक आयोजना गर्ने गर्दछ।

आगामी ५ वर्षमा श्रम बजारमा उथलपुथल सिर्जना गर्ने धेरै कारकहरु छन्। विश्व नवीकरणीय ऊर्जा प्रणालीतर्फ अघि बढ्दा धेरै रोजगारी सिर्जना हुनेछन्। यो रोजगारी सिर्जना गर्न शक्तिशाली इन्जिन हुनेछ। जब कि सुस्त आर्थिक वृद्धि र मुद्रास्फीतिले चोट पुर्याउनेछ। 

यसैबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्ने हतारले सकारात्मक र नकारात्मक दुवै नतिजा ल्याउनेछ। एआई उपकरणहरु लागू गर्न र व्यवस्थापन गर्न कम्पनीहरुलाई नयाँ कामदारहरु चाहिन्छ। डब्ल्यूईएफका अनुसार मेसिन लर्निङ विशेषज्ञ, साइबर सुरक्षा विशेषज्ञ, डाटा विश्लेषक र वैज्ञानिकहरुको रोजगारी २०२७ सम्म औसत ३० प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ।

यसका साथै एआईको वृद्धिले धेरै रोजगारीहरुमा खतरा निम्त्याउनेछ। किनकि कतिपय ठाउँमा रोबोटले मानिसको स्थान लिनेछन्। 

डब्ल्यूईएफका अनुसार रेकर्ड राख्ने र प्रशासनिक कामहरु २०२७ सम्ममा २ करोड ६० लाखले घटाउन सक्छ। डाटा एन्ट्री क्लर्क र कार्यकारी सचिवहरु सबैभन्दा बढी पीडित हुने अपेक्षा गरिएको छ।

यस दशकको प्रारम्भिक भागमा च्याटजीपीटीजस्ता उपकरणहरुलाई लिएर हालको सनसनीबीच यो दशको सुरुआती हिस्सामा अटोमेसन विस्तारै–विस्तारै बढिरहेको छ। डब्ल्यूईएफद्वारा सर्वेक्षण गरिएका संगठनहरुले अनुमान गरेका छन् कि सबै व्यवसाय–सम्बन्धित कार्यहरुमध्ये ३४ प्रतिशत हाल मेसिनहरुद्वारा गरिन्छ। यो सन् २०२० को तथ्यांकभन्दा केही बढी हो। यद्यपि, अटोमेसन हामीले सोचेको भन्दा धेरै सुस्त गतिमा भएको छ। 

सन् २०२० मा कर्मचारीले सन् २०२५ सम्ममा ४७ प्रतिशत काम अटोमेसन हुने सोचेका थिए। अब सन् २०२७ सम्म यो संख्या ४२ प्रतिशत पुग्ने उनीहरुको अनुमान छ।

यसैबीच कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई आवश्यक पर्ने सीपहरुबारे पुनर्विचार गरिरहेका छन्। कम्पनीहरुले अब कम्प्युटर प्रोग्रामिङभन्दा ‘एआई उपकरणहरु कुशलतापूर्वक प्रयोग गर्ने क्षमता’ लाई बढी महत्व दिइरहेका छन्। कर्मचारीहरुले यी परिवर्तनहरुअनुसार आफूलाई समायोजन गर्नुपर्छ।

–एजेन्सी

Comments

Back to top