डाउ जोन जनवरीपछिकै उच्च विन्दुमा पुग्यो, एसियाली सेयर बजारमा उछाल

डाउ जोन जनवरीपछिकै उच्च विन्दुमा पुगेको छ भने एसियाली सेयर बजारमा उछाल आएको छ।अमेरिकी सेयर बजारमा शुक्रबार डाउ जोनमा २५० अंकको वृद्धि आएको छ । यो भनेको जनवरीपछिकै उच्च हो । हाल डाउ जोन ३४ हजार ९८ मा बन्द भएको छ। 

डाउ जोनसँगै विश्व बजारमा नास्डक र एसएन्डपी ५०० मा पनि बढोत्तरी आएको छ।  

त्यसैगरी युरोपेली बजारमा पनि गत साता जर्मनको ड्याक्स, लन्डनको फुट्सी १०० तथा फ्रान्सको क्याकमा पनि बढोत्तरी आएको छ। 

शुक्रबार भारतीय सेयर बजार बन्द हुँदा सेन्सेक्स ६१ हजार ११२.४४ मा बन्द भएको छ। यसअघि सेन्सेक्सको अल टाइम हाई विन्दु ६३ हजार ५८३ रहेको छ। यस हिसाबले सेन्सेक्सले अल टाइम पछ्याउँदै गरेको बुझिन्छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १९९९ डलरमा कारोबार भएको छ । क्रिप्टोकरेन्सीहरुमा भने सामान्य गिरावट आएको छ। 

–एजेन्सी 

Comments

Back to top