तुलसीले यसरी हटाउछ छालाको पिम्पल र बनाउछ चम्किलो

गर्मीमा छालाको सबैभन्दा ठूलो समस्या पसिना र चिल्लोपनको कारणले निम्त्याउँछ ।

विशेष गरी तैलीय छाला भएकाहरूलाई छालाको हेरचाहले दिक्कवाक्क बनाउने गरेको छ । 

यसको अतिरिक्त पिम्पलले छालाको समस्यामा बढी मात्रामा आक्रामण गरेको हुन्छ । यसबाट बच्ने एउटा उपाय हो तुलसी टोनर पनि हो ।  

तुलसी धेरै घरहरूमा सजिलै पाइन्छ। यसमा धेरै फाइदाहरू छन्, जसले छालालाई ब्याक्टेरिया र कीटाणुहरूबाट मुक्त राख्छ। तुलसीका यी गुणहरूको फाइदा उठाउन, तपाईं सजिलैसँग घरमा नै तुलसी टोनर बनाउन सक्नुहुन्छ।

यसरी बनाउनुहोस् तुलसीको टोनरः

तुलसीको टोनर बनाउन तुलसीको पात बाहेक आवश्यक पर्ने चीजहरूमा ग्लिसरिन र गुलाब जल हुन्। यो बनाउन धेरै सरल छ। 

एउटा भाँडोमा पानी उमाल्नुहोस । यस उमालेको भाँडामा तुलसीको पात राख्नुहोस्। तुलसीको पातलाई यसरी हालेर कम्तिमा १० मिनेटसम्म पानी उमाल्न दिनुहोस् । त्यसपछि निकाल्नुहोस र जब पानी चिसो हुन्छ, यसलाई स्प्रे बोतलमा हाल्नुहोस्। त्यसमा अलिकति गुलाब जल र ग्लिसरिन पनि मिलाउनुहोस् र  हल्लाउनुहोस्  । तपाईंको तुलसी टोनर तयार भयो ।

यसरी तयार भएको तुलसी टोनरको प्रयोग गर्ने सही समय भनेको तपाईले अनुहार धुदाँ नै हो  यसलाई सानो झोलमा राखेर पनि तपाई लिएर हिडन सक्नु हुन्छ । जब तपाईलाई अनुहार धुन आवाश्यक लाग्छ, त्यतिबेला यो प्रयोग गर्न सक्नु हुनेछ । र, बेला बेलामा अनुहारमा स्प्रे गर्नुहोस र छालालाई स्वास्थ्य र चम्किलो बनाउनुहोस् ।

तुलसी टोनरका फाइदाहरूः

- तुलसी टोनर एन्टिब्याक्टेरियल गुणले भरिपूर्ण हुन्छ जसले छालालाई कुनै पनि प्रकारको संक्रमण हुन र पिम्पल आउनबाट बचाउँछ।

- तुलसी टोनरमा राखिएको गुलाब जलका कारण छालामा मइस्चराइज हुनेछ भने ग्लिसिरिनले छालालाई चम्किलो बनाउन मधत गर्दछ । 

Comments

Back to top