नेपाल बैंक लिमिटेडमा खुल्यो ठूलो संख्यामा रोजगारी
नेपाल बैंक लिमिटेडले रोजगारीको आवेदन खुलाएको छ । बैंकले विभिन्न पदका लागि आवेदन खुल्ला गरेको हो ।
बैंकले ६२ जना सहायक प्रबन्धक मागेको छ। सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ। त्यस्तै कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ।
बैंककाे सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सीए) मा २ र सहायक प्रबन्धक (आइटी) मा ४ जना मागेको छ। सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातकोत्तर हुनुपर्नेछ। सीएका लागि सिए/एसीसीए उत्तीर्ण हुनुपर्नेछ।
त्यस्तै आइटीमा दरखास्त दिन सूचना प्रविधिमा बीसीए/बीसीआइकम/बीआइटी/बीआइएम/बीएस्सी हुनुपर्नेछ। बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ। १४८ जना सहायक मागेको बैंकले प्रदेश १ र मधेसमा ३१/३१ जनाका लागि कोटा छुट्याएको छ।
बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २/२ जना सहायक मागेको छ। यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ। सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ।
बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ। जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ। यसका लागि व्यवस्थापनमा प्रमाणपत्र/प्लस टु उत्तीर्ण हुनुपर्नेछ।
लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको स्थानमा आवेदन मागेको हो। इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
यसमा आवेदन दिनको लागि: https://jobs.nepalbank.com.np/recruitment/vacancies मा जान सकिने छ ।
Comments