खरबुजा राती खाँदा पेट हुन्छ खराब
यति बेला बजारमा असाध्यै खरबुजा बिक्न सुरु हुन्छन् । खरबुजाले पेटलाई चिसो राख्छ, शरीरलाई हाइड्रेट राख्छ । यसका फाइदाका कारण धेरैजसो मानिस यसलाई कुनै पनि समय खाने गर्छन् । जबकि यस्तो गर्नु सही होइन । विशेषगरी खरबुजालाई रातीको समयमा खानु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपि, यसबारे कुनै वैज्ञानिक प्रमाण त छैन तर विशेषज्ञले रातको समयमा खरबुजा खानुका हानी बारे जानकारी दिएका छन् । यस्तोमा खरबुजा खानुका अन्य हानी पनि छन् त भन्नेबारे भारतको डाइट एन्ड क्योर क्लिनिककी पोषणविद् तथा न्युट्रिसनिष्ट दिव्या गान्धीबाट थप जानकारी लिऔँ ।

खरबुजा एक पौष्टिक फल हो । यसमा क्यालोरी कम हुन्छ र पानीको मात्रा धेरै हुन्छ । यस कारणले यो खाँदा शरीरलाई हाइड्रेटेड राख्छ र तौल व्यवस्थापनको लागि पनि यो राम्रो विकल्प मानिन्छ । भिटामिन ए र सीसँगै यसमा पोटासियम र लाइकोपीन जस्ता अन्य पोषक तत्त्वहरू पनि पाइन्छन् । जहाँसम्म राती खाँदा पेट दुख्ने कुरा छ, यहाँ के स्पष्ट पार्नुपर्छ भने राती खरबुजा खाँदा पेट खराब हुने कुनै वैज्ञानिक प्रमाण छैन । तर, खरबुजासँग धेरै खाँदा यसले पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ । विशेष गरी, पेट खराब भएका मानिसहरूले यसो गर्नबाट जोगिनै पर्छ ।
यद्यपि, खरबुजामा प्राकृतिक चिनी हुन्छ । तर पनि रातीको समयमा यो खानबाट बच्नुपर्छ । यसको एउटा कारण यो पनि हो कि आजकाल थुप्रै फललाई गुलियो बनाउनका लागि केमिकल्सको प्रयोग गरिन्छ । यस्ता फलको सेवन गर्दा तौल बढ्ने सम्भावना अत्यधिक बढ्ने गर्छ ।
एजेन्सी
Comments