विश्वको अनौठो ठाउँ जहाँ राम्रो केटा पाउन कन्याहरुले गर्छन शिर मुण्डन !
अफ्रिकाको केन्या, इथिओपिया तथा सोमालिया लगायतका देशमा झण्डै ५ लाखको संख्यामा बसोबास गर्ने बोराना आदिवासी पनि यस्तै अनौठो तथा रोचक आदिवासी समुदाय हो ।
अनौठो यस अर्थमा की यो समुदायका अविवाहित कन्याहरुको शिर मुण्डन गरिन्छ । विवाह नभएका युवतीहरुको टाउकाको मध्य भागमा गोलो आकारमा कपाल खौरिने चलन छ ।
अविवाहित कन्याहरुको यसरी बिचपाटे मुडेमा उनीहरुले राम्रो वर पाउने र घरबार पनि राम्रो हुने मान्यता यो आदिवासी समुदायमा रहेको छ । विवाह अघिसम्म यो आदिवासी समुदायका कन्याहरुमा आफ्नो कपालमाथि पूर्ण अधिकार हुँदैन भनेपनि हुन्छ । अभिभावकहरुले छोरीको सफल दाम्पत्य जिवनको लागि भन्दै छोरीको कपाल बीच भागमा खौरिदिने तथा अन्य भागको कपाल पनि खासै लामो बढ्न दिँदैनन् । विवाहपछि मात्र युवतीहरुले आफ्नो कपाल आफुखुसी बनाउन पाउँछन् ।
विवाहपछि भने युवतीहरुले आफ्नो कपाललाई चमकदार तथा नरम बनाउनका लागि घिउ लेपन गर्दछन् ।
अर्को रोचक कुरा त के भने यो समुदायका मानिसहरुले फोटो खिचाउन आनाकानी गर्छन् । फोटो खिच्दा जिउको रगत कम हुन्छ भन्ने विश्वास यिनीहरुमा छ ।
Comments