महिनावारीमा ढिलाई यसकारण हुनसक्छ!

महिनावारीमा महिलाहरुले विभिन्न किसिमको समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । अनियमित महिनावारी महिलाहरुका लागि सबैभन्दा ठूलो समस्या हुन्छ ।

यदि महिनावारी समयमा भएन भने महिलाहरुलाई आफू गर्भवती भएको हो कि भन्ने शंका उत्पन्न हुन्छ । महिनावारीमा गडबढ भयो भने मानिसहरु यसलाई गर्भाधारण भएको हो कि भन्ने सोच्नु सामान्य कुरा नै भैसकेको छ । महिनावारीको बारेमा पूर्ण जानकारी नहुनुको कारण मानिसहरुले यस्तो सोच्ने गर्छन् ।

वास्तवमा महिनावारीमा अनियमितता हार्मोन्समा आएको परिर्वतनका कारण हुन्छ । धेरै जानकारहरुका अनुसार यदि कोही महिलाले तीन महिनाको बीचमा एउटा महिनावारी हुँदिनन् भने उनलाई गम्भीर समस्या हुनसक्छ ।

यस बाहेक कामकाज र तपाईंको वरपरको वातावरणले पनि महिनावारीमा असर पार्छ ।

Comments

Back to top