गर्भावस्थामा भिटामिन डी जसले बनाउँछ बच्चाको तीक्ष्ण बुद्धि!
गर्भावस्थाको समयमा आमाको स्वास्थ्य सिधा रूपमा बच्चाको स्वास्थ्यसँग जोडिएको हुन्छ । आमाले गर्भावस्थामा खाने खाना, गर्ने परिश्रम आदि सिधा रूपमा बच्चाको स्वास्थ्यसँग सम्बन्धित हुन्छ । गर्भवतीको यी व्यवहारले केवल बच्चा जन्मिने बेलासम्म मात्रै नभएर बच्चाको आजीवन स्वास्थ्यमा असर पुर्याउँछ ।
यो कुरा विभिन्न संघसंस्थाले गरेको नयाँ शोधले पत्ता लगाएको छ । पछिल्लो समय आएको एक शोधले आमाले गर्भावस्थाअमेरिकाको सिऐटल चिल्ड्रन रिसर्च इन्स्टिच्युटद्वारा गरिएको यस शोधमा भनिए अनुसार गर्भावस्थामा आमाले भिटामिन डी युक्त खानाको धेरै सेवन गर्नुले उनको बच्चाको आईक्यूलाई तीब्र बनाउन सक्छ । यस शोधमा उल्लेख गरिएको छ कि कसरी भिटामिन डीको स्तर बच्चाको मस्तिष्कको विकासमा एक प्रमुख भूमिका निभाउन सक्छ ।
गर्भावस्थामा भिटामिन डी
द जर्नल अफ न्यूट्रिसनमा प्रकाशित अर्काे अध्ययनबाट गर्भावस्थाको समयमा आमाद्वारा लिइएको भिटामिन डी युक्त खानालाई उनको बच्चाको आइक्युको साथ जोडेर व्याख्या गर्ने गरिन्छ । अध्ययनले कालो वर्णकी गर्भवतीमा भिटामिन डीको मात्रा गोरी महिलाको तुलनामा कम हुने गरेको समेत देखाएको छ ।
यस शोधको लागि शोधार्थीले २००६ मा गर्भवती भएका र केही महिलाको बच्चाको स्वास्थ्यको बारेमा जानकारी एकत्र गरेका थिए । जसमा बच्चाको आईक्यूसँग आमाले गर्भावस्थामा खाने खानाको प्रत्यक्ष सम्बन्ध रहेको पाइएको छ ।
सो अध्ययनले गर्भावस्थामा आमाले उच्च भिटामिन डी युक्त खाना खाँदा बच्चाको ४ देखि ५ वर्षको उमेरमा तीक्ष्ण बुद्धिको विकास हुने गरेको पाएको छ ।
सिऐटल चिल्ड्रन रिसर्च इन्स्टिच्युटमा बाल स्वास्थ्य विभाग, बाल व्यवहार र विकास विभागका वैज्ञानिक र यस शोधका प्रमुख लेखक मेलिसा मेलोले दुनियाँको धेरै महिलामा भिटामिन डीको कमीका कारण स्वास्थ्य असर देखिने गरेको विवरण प्रस्तुत गरेकी छन् । उनीहरूको अध्ययनमा सहभागीमध्ये ४६ प्रतिशत आमाहरूमा गर्भावस्थाको समयमा भिटामिन डीको कमी थियो ।
गर्भावस्थामा बच्चाको दिमाग कसरी तीक्ष्ण बनाउने ?
शोधकर्ताले गर्भावस्थामा बच्चाको दिमागलाई कसरी तेज गराउन सकिन्छ ? भन्ने बारेमा पनि अध्ययन गरेका थिए । जसबाट गर्भावस्थामा भिटामिन डी युक्त खाना पर्याप्त खाएमा स्वतः बच्चामा बुद्धिको विकास हुन्छ भन्ने देखाएको छ । न्यूट्रिसन जर्नलमा प्रकाशित एक शोधले भने आमामा भिटामिन डीको कमीका कारण गर्भाशयमा बच्चाको मस्तिष्कको विकाससहित कैयौं प्रक्रिया प्रभावित हुन्छ भन्ने देखाएको छ । यस्तोमा गर्भवतीले गर्भावस्थाको समयमा भिटामिन डीले युक्त खानेकुरा पर्याप्त खानुपर्छ । निम्न खानेकुरामा पर्याप्त मात्रामा भिटामिन डी पाउन सकिन्छ ।
-माछा
-अण्डा
-गाइको दूध
-खाजामा अन्न
-गेडागुडीमा खाएको खानेकुराले बच्चा कति बाठो हुने ? भन्ने कुरालाई निर्देशित गरेको हुन्छ ।
Comments