८ करोड जिवाणु सर्छन्  एकपटकको चुम्बनमा , सावधान !

अनुसन्धानकर्ताहरुले २१ जोडीको चुम्बन क्रियामा गरेको अध्ययनबाट दिनमा नौ पटक एक दोश्रोसँग चुम्बन गर्ने मानिसमा र्याल वा थुकका माध्यमबाट जिवाणु सर्ने सम्भावना निकै बढि हुने देखिएको छ ।
अध्ययन अनुसार मानिसको मुखमा झण्डै ७ सय प्रकारका जिवाणु करोडौँको संख्यामा हुन्छन् । यी मध्ये केही जिवाणु निकै तिब्र गतिमा एकबाट अर्कोमा सर्छन् ।

माइक्रोबियम जर्नलमा प्रकाशित अध्ययनका क्रममा चुम्बन गर्ने जोडीहरुलाई वर्षमा कतिपटक मुख जोडेर चुम्बन गरियो ? तथा अन्तिमपटक कहिले चुम्बन गरियो ? भन्ने लगायतका प्रश्न सोधेका थिए ।
वैज्ञानिकहरुले अध्ययनमा संलग्न गराइएका जोडीको जिब्रो तथा र्यालको नमूना सुरुमा लिए । त्यसपछि उनीहरुलाई १० सेकेण्ड चुम्बन गर्न लगाइयो र त्यसपछि पुनः नमूना लिइयो ।

त्यसक्रममा पार्टनरलाई प्रोबायोटिक डि्रंक पिउन दिइयो, जसको माध्यमबाट जिवाणुहरुको सहजै पहिचान गर्न सकिन्थ्यो ।

यसरी चुम्बन अगाडि र चुम्बन पछाडिको नमूनाको परीक्षणबाट १० सेकेण्डको एक चुम्बनका क्रममा झण्डै ८ करोड जिवाणुहरु एकबाट अर्को पार्टनरको मुखमा सरेको पाइयो ।

 एजेन्सी 

Comments

Back to top