संसारकै महँगो सिरानी जसको पर्छ ७२ लाख रुपैयाँ !

तपाईंले कपासदेखि फाइबरसम्मका अनेक आकार प्रकारका सिरानी देख्नुभएकै होला । तर के तपाईंले ७२ लाख रुपैयाँ मूल्य पर्ने सिरानी देख्नुभएको छ ?

नेदरल्याण्डमा उत्पादन गरिएको उक्त सिरानी संसारकै महँगो सिरानी हो । मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै एकजना फिजियोथेरापिस्टले उक्त सिरानीको डिजाइन गरेका हुन् ।

उक्त सिरानी तयार गर्नमा पूरै १५ वर्ष लागेको थियो भने त्यस विषयमा विभिन्न अनुसन्धान समेत गरिएको थियो ।

संसारकै महँगो यो सिरानीको मूल्यचाहिं ५७ हजार डलर अर्थात् करिब ७२ लाख रुपैयाँ पर्दछ ।

यो सिरानीको भित्र भरेको कवाल रोबोटिक मिलिङ मेसिनले भरेको हो । यो सिरानीको चेनमा ४ वटा हिरा जडान गरिएको छ भने एउटा निलम पनि जडित छ । यो सिरानीलाई एउटा ब्राण्ड बक्समा प्याक गरी बेचिन्छ ।

अनिद्राको समस्या भएका मानिसहरू यो सिरानीमा मज्जाले निदाउन सक्ने शोधकर्ताको भनाइ छ ।

एजेन्सी

Comments

Back to top