सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डियाबारे भ्रामक विज्ञापन र दाबी रोक्न सेबीले उठायो कठोर कदम

सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले सेयर बजारमा अनलाइन सल्लाह दिने ‘फिनफ्लुएन्सर’हरुको संख्या बढ्न थालेपछि कठोर कदम चालेको छ। 

सेबीले लगानी सल्लाहकार र रिसर्च एनालिस्टहरुको लागि नयाँ विज्ञापन कोड (संहिता) पनि जारी गरेको छ। यो संहिता लगानी निर्णयलाई प्रभाव पार्न सक्ने सल्लाहकार र एनालिस्टहरुद्वारा वा तिनीहरुका तर्फबाट जारी गरिएका सबै सञ्चारमा लागू हुनेछ। परामर्शदाताहरुको विज्ञापनका लागि नयाँ संहिताले परम्परागत सञ्चार च्यानलका साथै सबै इलेक्ट्रोनिक, तार वा ताररहित सञ्चार माध्यम जस्तै– ई–मेल, मेसेज प्लेटफर्म, सामाजिक सञ्जाल प्लेटफर्म, रेडियो, टेलिफोन वा इन्टरनेटमा अन्य कुनै पनि रुप समावेश गर्दछ।

यस संहिताअनुसार विज्ञापनहरुमा एक मानक चेतावनी पनि समावेश हुनुपर्नेछ, ‘सेयर बजारमा लगानी बजार जोखिमको विषय हो। लगानी गर्नुअघि सबै सम्बन्धित दस्तावेजहरु ध्यानपूर्वक पढ्नुहोस्।’ 

यसबाहेक विज्ञापनले लगानीकर्तालाई सुनिश्चित वा जोखिममुक्त प्रतिफलको कुनै वाचा वा ग्यारेन्टी दिन पाउने छैनन्। 

सेबीले भ्रामक विज्ञापन र दाबीलाई रोक्न यो कडा कदम चालेको हो। यी भ्रामक विज्ञापन रोक्नका लागि सेबीले यो नयाँ संहित जारी गरेको हो। यससँगै सेबीले केही शब्दको प्रयोगमा पनि प्रतिबन्ध लगाएको छ। यसबारे सेबीले सर्कुलर जारी गरेको छ। सेबीले प्रतिबन्धित शब्दहरुको सूची जारी गरेको छ। ‘सबैभन्दा राम्रो मार्केट लिडर्स’जस्ता धेरै शब्द समावेश छन्। सेबीको यी संहिता पालना गर्न अनिवार्य हुनेछ। सेबीले विज्ञापनमा केही सर्तहरु पनि लगाएको छ।

सेबीले सबै सूचीकृत संस्थाका लागि यी निर्देशन पनि जारी गरेको हो। सेबीले विज्ञापनमा प्रमाणका रूपमा नक्कली प्रयोगकर्ताको दाबीलाई पनि प्रतिबन्ध लगाएको छ। अनुमान र अनुमानमा आधारित दाबी पनि प्रतिबन्धित गरिएका छन्।

Comments

Back to top