भारतको केन्द्र सरकारले हटायो कच्चा तेलमा विन्डफल ट्याक्स!

मंगलबारदेखि  भारतको केन्द्र सरकारले  घरेलु रुपमा उत्पादन हुने कच्चा तेलमा विन्डफल ट्याक्स हटाएको छ। 

यसअघि कच्चा तेलमा प्रतिटन भारु ३ हजार ५०० लाग्ने विन्डफल ट्याक्स अहिले शून्य भएको छ। पेट्रोलियम र एटीएफमा विन्डफल ट्याक्स हटाएपछि डिजेलमा विन्डफल ट्याक्स पहिलेको भारु १ बाट घटाएर प्रतिलिटर ०.५ रुपैयाँ कायम गरिएको छ।  

रोसनेफ्ट समर्थित नायरा इनर्जी देशको सबैभन्दा ठूलो इन्धन निर्यातकर्ता हो। भारतले पहिलोपटक गत वर्ष जुलाई १ मा विन्डफल मुनाफा कर लगाएको थियो। योसँगै यो ऊर्जा कम्पनीहरुको सुपर नाफामा कर लगाउने देशको सूचीमा परेको थियो।

कुनै विशेष प्रकारको परिस्थितिबाट तुरुन्तै लाभ उठाउने कम्पनी वा उद्योगमा विन्डफल ट्याक्स लगाइन्छ। युक्रेनमा रुसले आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको थियो। यसबाट तेल कम्पनीहरु मालामाल भएका थिए। 

पेट्रोलियम पदार्थमा नेपाल भारतमा निर्भर रहेको छ। यदि विन्डफल ट्याक्स घटाएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्यो भने नेपालमा पनि भारतले घटाएर पेट्रोलिम पदार्थ पठाउन सक्छ। यसले आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य घट्न सक्ने सम्भावना रहेको छ। 

एजेन्सी

Comments

Back to top