दम्पतीले एकअर्कासँग लुकाउनैपर्ने कुराहरु यस्ता छन्

श्रीमान र श्रीमतीले हरेक कुरा एकअर्कासँग साझेदारी गर्नुपर्छ । उनीहरू एकअर्कामा खुलस्त र पारदर्शी हुनुपर्छ । आफ्नो मनका लागेको कुरा निर्धक्क भन्नुपर्छ । यसरी उनीहरूबीचको अन्तर्क्रियात्मक सम्बन्धले नै दाम्पत्य जीवनमा प्रेम र भरोसा दिगो राख्छ ।

अर्कासँग तुलना नगर्ने

श्रीमान् वा श्रीमतीमा एकअर्काप्रति केही अपेक्षा हुन्छन नै । यद्यपि ‘फलानोले जस्तो’ भनेर आफ्ना पार्टनरलाई अरूसँग तुलना गर्नु उचित हुँदैन । मानौं तपाईंले आफ्ना पार्टनरमा कतिपय कमी, कमजोरी औंल्याउनुभएको छ । अरू व्यक्तिसँग तुलना गर्दै उक्त कमी कमजोरीमाथि टिप्पणी गर्दा त्यसले तपाईंहरूमा एकअर्काप्रतिको आशा र भरोसा टुट्न सक्छ।

सबै मान्छे आफैँमा पूर्ण हुँदैनन् । सबैको केही सवल पक्ष हुन्छन्, कमजोरी पनि । आफ्नो पार्टनरमाथि खोट देखाउने कुरा पनि त्यति उचित हुँदैन । यस्ता कुरामा मौन बसेकै राम्रो हो।

अपमानको कुरा

आफूमाथि अपमान भएको कुरा पनि दम्पतीले एकअर्कामा साझेदार गर्न आवश्यक छैन । यस्ता कुराले आफ्ना पार्टनरलाई अरू बढी दुःखी बनाउन सक्छ । हीनताबोध पैदा गर्न सक्छ । त्यसैले आफूमाथि कुनै अपमान भएमा त्यसलाई साझेदारी गरिरहनु उचित हुँदैन ।

सहयोग गरेको कुरा

मानौं आफन्त, छिमेकी, साथीभाइलाई तपाईंले केही सहयोग गर्नुभयो । आर्थिक सहयोग हुन सक्छ, भौतिक सहयोग हुन सक्छ । यस्ता कुरा पनि पार्टनरलाई बताउनु उचित हुँदैन । किनभने सहयोग भनेको हार्दिकताका साथ खुला हृदयले गर्ने हो । यसरी कसैलाई सहयोग गरिन्छ भने त्यसलाई प्रचार गरिरहनु आवश्यक छैन ।

Comments

Back to top