अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उच्च गतिमा बढ्दो!

तेल निर्यातकर्ता राष्ट्रहरुको संगठन (ओपेक प्लस) को उत्पादनमा थप कटौती गर्ने अप्रत्याशित निर्णयपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उच्च गतिमा बढेको हो ।

सोमबार दिउँसोसम्ममा ‘ब्रेन्ट क्रुड’ ५.८७% अर्थात ४.६९ डलरले बढेर प्रतिब्यारेल ८४.५८ डलरमा कारोबार भइरहेको छ । यस्तै, ‘युएस डब्लुटीआई क्रुड’ पनि ५.८९% अर्थात ४.४६ डलरले बढेर ८०.१३ डलर पुगेको छ ।

ओपेक प्लसको सोमबार बसेको बैठकले कच्चा तेलको उत्पादन दैनिक थप ११ लाख ६० हजार ब्यारेलले घटाउने निर्णय गरेको हो । ओपेक प्लसले गत अक्टोबरयता पनि तेल उत्पादनमा दैनिक २० लाख ब्यारेल कटौती गर्दै अएको थियो ।

सोमबारको निर्णयपछि कुल कटौती प्रतिदिन ३६ लाख ब्यारेल पुग्ने रोयटर्सले उल्लेख गरेको छ । जुन विश्वव्यापी मागको ३.७% हुन आउँछ । 

Comments

Back to top