विश्वकै सबैभन्दा महंगो ‘डिभोर्स’

विश्वकै सबैभन्दा धेरै धनी व्यक्ति रहेका जेफ बेजोसले विच्छेदपछि विश्वभर नै यो चासोको विषय पनि बनेको थियो । खासगरी धनी व्यक्तिले गर्ने सम्बन्ध विच्छेद र त्यसपछिको जिम्मेवारीका विषयमा धेरैले कौतुहलता प्रकट पनि गरेका छन्।

विश्वकै सबैभन्दा ठूलो इकमर्श कम्पनी अमेजन र ठूलो मध्येको एक दी वासिङ्टन पोस्टका मालिक बेजोसको सम्पत्ति १ सय ३७ अर्ब डलर अनुमान गरिएको छ । सम्बन्ध विच्छेदपछि भने उनले यसमध्ये ठूलो धनराशी गुमाएका हुन् । उनले आफ्नो श्रीमति म्याकेन्जी बेजोसलाई करिब ७० अर्ब डलर अर्थात अहिलेको विनिमयदर अनुसार ७८ खर्ब रुपैयाँ बुझाए ।

यो सम्बन्ध विच्छेदपछि तीन ओटा नयाँ इतिहास कायम भए । पहिलो त यो विश्वकै सबैभन्दा महंगो सम्बन्ध विच्छेद साबित  भयो । दोस्रो सम्बन्ध विच्छेद बापत बेजोसककी श्रीमतिले प्राप्त गर्ने सम्पत्तिले उनलाई विश्वकै धनी महिला बनायो । तेस्रो जेफ बेजोस अफ विश्वकै धनी व्यक्तिको सूचीमा निकै तल  परे ।

Comments

Back to top