रकेटको गतिमा बढ्यो अडानी ग्रुप कम्पनीको सेयरभाउ!

सन् २०२३ को सुरुआतदेखि नै खराब अवस्थाबाट गुज्रिरहेको अडानी समूहको सेयरले फेरि गति लिन थालेको छ। 

यसैबीच गौतम अडानीको कम्पनी अडानी ग्रीनको सेयरले खराब समयमा पनि आफ्ना लगानीकर्तालाई खुसी पार्ने काम गरेको छ। वास्तवमा कम्पनीको सेयरमूल्यमा आएको उछालका कारण लगानी गर्ने लगानीकर्ताको पैसा १५ दिनमा दोब्बर भएको छ।

हिन्डनवर्गको प्रतिवेदन प्रकाशित भएपछि बजारमा सूचीबद्ध अडानी समूहको १० कम्पनीको सेयरमा सुनामी आएको थियो।

यसैबीच अडानी ग्रीनको स्टकले लगानीकर्ताको मुहारमा खुसी ल्याउन सफल भएको छ। यसमा अडानी ग्रीनको सेयर ८५ प्रतिशतले घटेको छ। अब पछिल्लो १५ दिनमा यो सेयर १ लाख रुपैयाँबाट बढेर २ लाख रुपैयाँ पुगेको छ। 

Comments

Back to top