थाइराइडको पहिचान र रोकथाम कसरी गर्ने ?

थाइराइड मानव शरीरमा हुने एक ग्रन्थि हो । यसले थाइरोक्सिन हर्माेन उत्पादन गर्छ । थाइराइड ग्रन्थिले टी३ र टी४ नामक हर्माेन उत्पादन गर्छ । शरीरमा मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्न थाइरोक्सिन हर्माेनको आवश्यकता पर्छ । थाइराइड ग्रन्थिमा समस्या देखिएमा थाइराइड भएको मानिन्छ । हर्माेनको मात्रा बढी हुनुलाई हाइपर थाइराडिज्म र कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ ।

थाइराइड ग्रन्थिका काम
– शरीरको तापक्रम सन्तुलनमा राख्ने ।
– शरीरमा रहेका अनावश्यक पदार्थलाई बाहिर पठाउने ।
– बच्चाको शारीरिक तथा मानसिक विकासमा मद्दत गर्ने ।

लक्षण
हाइपर थाइराइड
– तौल घट्दै जानु ।
– मुटुको धड्कन एक्कासि बढ्नु ।
– अत्यधिक पसिना आउनु ।
– हातखुट्टा काम्नु ।

हाइपो थाइराइड
– तौल बढ्दै जानु ।
– भोक कम लाग्नु ।
– छाला फुस्रो हुनु ।
– टाउको दुख्नु ।
– महिलाको मासिक चक्रमा गडबडी आउनु ।

रोगको कारण
– अत्यधिक तनावग्रस्त जीवनशैली ।
– औषधिको अत्यधिक प्रयोग ।
– खानामा आयोडिनको मात्रा न्यून वा अधिक हुनु ।
– वंशानुगत ।
– गर्भावस्थामा हुने हर्माेनको फेरबदल ।
– वातावरण प्रदूषण ।

घरेलु उपचार
– दूधमा बेसार मिलाएर दैनिक सेवन गर्ने ।
– लौकाको जुस दैनिक खाने ।
– दुई चम्चा तुलसीमा आधा चम्चा घिउकुमारी (एलोभेरा) मिसाएर जुस बनाएर खाने ।
– कालो मरिचको सेवन गर्ने ।
– ओखर र बदाम खाने ।
– शारीरिक तथा मानसिक व्यायाममा विशेष ध्यान दिने ।

के खाने ?
– भिटामिन ए पाइने खानेकुराको सेवन गर्ने ।
– खानामा हरियो सागपात तथा सलाद समावेश गर्ने ।
– प्रतिदिन ३ देखि ४ लिटर पानी पिउने ।
– दैनिक एक गिलास फलफूलको जुस पिउने ।
– प्राकृतिक रूपमा आयोडिन पाइने खानेकुरा खाने, जस्तै ः गोलभेँडा, प्याज ।

के नखाने ?
– धूमपान तथा मद्यपान नगर्ने ।
– बजारमा पाइने सेतो नुनको सट्टा बिरेनुनको प्रयोग गर्ने ।

Comments

Back to top