‘डिप्रेसन’ देखि मुटु रोगीलाई गहिरो श्वास लिँदा फाइदा!
आजभोली मानिसको जीवनशैली निकै व्यस्त छ। व्यस्त जीवनशैलीले मानिसमा थुप्रै शारीरिक समस्या हुनथालेका छन्। यस्तो व्यस्त जीवनशैलीमा थोरै समय निकालेर व्यायम गर्नु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ।
हामीले गहिरो स्वास लिँदा मात्रै थुप्रै रोगबाट छुट्कारा पाउन सक्छौं। तनाव, मुटु सम्बन्धि रोग र पाचनप्रणालीमा दिनहुँ लामो स्वास लिँदा निकै फाइदा पुग्छ। त्यसैले व्यस्त दैनिकीबाट हामीले दैनिक केही समय निकालेर स्वास्थ्यका लागि दिनुपर्छ।
गहिरो स्वास लिनका लागि सहि तरिका पनि थाहा पाउनुपर्छ। गहिरो स्वासबाट फाइदा लिनका लागि त्यसको बिधि पनि जान्नुपर्छ।
गहिरो स्वास लिने विधि
आरामसँग बस्ने वा पल्टिने। त्यसपछि विस्तारै नाकले स्वास लिँदै पेटलाई भर्ने। त्यसपछि बिस्तारै नाकबाट स्वास बाहिर फाल्ने। यस्तो प्रक्रिया गर्दा एक हात पेट र अर्को हात छातिमा राख्ने। विस्तारै श्वास लिँदा पेटमा हावा भरिएको महशुस गर्ने। साथै श्वास बाहिर फाल्दा पनि महशुस गर्ने।
यी कुरामा ध्यान दिने
गहिरो स्वास लिँदा आफ्नो आँखालाई बन्द गर्ने। सुरुवातमा चाडोचाडो नभएर बिस्तारै स्वास लिने। स्वास लिने र छोड्ने समय एक समान हुनुपर्छ। स्वास लिँदा र छोड्दा धेरै बल लगाउनु हुँदैन। यो अभ्यास गर्दा खुकुला कपडा लगाउनुपर्छ। यो प्रक्रियालाई १० देखि २० मिनेटसम्म गर्नुपर्छ।
तनाव कम हुन्छ
गहिरो स्वास लिँदा तनाव कम हुन्छ। छोटो स्वासको सम्बन्ध तनावसँग हुन्छ। छोटो-छोटो स्वासले मानिसमा चिन्ता, डर र अचालन छिटो-छिटो स्वास लिने समस्या हुनसक्छ। त्यसैले तनाव र चिन्ताबाट बच्न गहिरो स्वास लिनु निकै आवश्यक हुन्छ। यसले शरीरलाई प्रयाप्त अक्सिजन मिल्छ। र, मानिस चिन्तामुक्त हुनपुग्छ।
मुटुमा फाइला पुग्छ
गहिरो स्वास लिँदा मुटुको काम गर्ने क्षमतामा बृद्धि हुन्छ। र, सजिलै भ्याट कम हुन्छ। एक अध्ययनले जुन मानिसमा हार्ट अट्याकको समस्या थियो उनीहरूले गहिरो स्वास लिँदा पाच वर्षसम्म हार्ट अट्याक हुने जोखिम लगभग ५० प्रतिशत कम रहेको देखाएको थियो। त्यसैले हार्ट अट्याकको समस्या भएका मानिसले नियमित गहिरो स्वास लिने अभ्यास गर्नुपर्छ।
Comments