संसारकै उत्कृष्ट अभिभावक हुन् धमिरा!
फ्लोरिडा युनिभर्सिटीका एक वैज्ञानिकले हालै एउटा शोध गरेका छन् जसमा उनले अभिभावकको रुपमा धमिराको व्यवहारको अध्ययन गरेका छन् । यो अनुसन्धानमा निकै अचम्मको तथ्य फेला परेको छ । अनुसन्धानका अनुसार आफ्नो कोलोनीको सुरुवाती जीवनका बेला रानी र राजा धमिरा आमा–बुवाको रुपमा सबैभन्दा कठिन काम गर्छन्।
फङ्सनल इकोलोजी जर्नलमा प्रकाशित यस शोधले यो विनाशकारी जीवको पछाडि लुकेको निस्वार्थ माता–पिताको व्यवहारबारे जानकारी दिन्छ । स्मरण रहोस्, धमिराले संसारभरीका संरचना क्षती पुर्याएर वार्षिक ४००० करोड डलरको क्षतीका लागि आशिंक रुपमा जिम्मेवार हुन्छ ।
शोधका लेखक तथा यूएफ आइएफएएस फोर्ट लडरडेल रिसर्च एन्ड एजुकेसन सेन्टरमा एन्टोमोलोजीका सहायक प्राध्यापक थोमस चौवेन्क भन्छन्, ‘धमिराबारे कुरा गर्दा वैज्ञानिकहरु अक्सर के सोच्छन् भने यी किरा कम्प्लेक्स कोलोनीमा बस्छन् जहाँ श्रमिकले रानी र राजासमेत सबैको हेरविचार गर्छन् । विकसित कोलोनीमा यस्तै हुन्छ । तर कोलोनी बनाउने बेला नयाँ रानी र राजाले सबैभन्दा राम्रो आमा–बुवाको भूमिका निर्वाह गर्छन् ।’
‘धमिराले आफ्नो कोलोनीको सुरुवात पखेटा भएको दुई धमिरासहित सुरु गर्छ । यी दुई आफ्नो सुरुवाती कोलोनीबाट उड्ने गर्छन्,’ चौवेन्कले भने । यी दुईले एक–अर्कालाई भेटेपछि, आफ्नो पखेटा छोड्छन् र मेटिङका लागि आफूहरुलाई अलग्याउँछन् । त्यसपपछि उनीहरुले आफ्नो नयाँ कोलोनीको सुरुवात गर्ने चौवेन्कले जानकारी दिए ।
यति धेरै मेहनतकी आमा–बुवा असाध्यै थाक्ने गर्छन् । जब बच्चा काम गर्ने लायक हुन्छन् तब राजा र रानी आफ्नो जिम्मेवारी आफ्ना पहिलो सन्तानलाई दिने गर्छन् ।
Comments