मलेसियामा गाडीको विक्री बढ्यो

मलेसियाम गत फेब्रुअरीमा उद्योगको मात्रा ३९ प्रतिशतले बढेर ६२ हजार ६४९ इकाई पुगेको छ । गत वर्ष यसको सङ्ख्या ४५ हजार ६२ युनिट रहेको मलेसियन अटोमोटिभ एसोसिएसनले सोमबार जनाएको छ ।

मलेसियामा यात्रुवाहक सवारी र व्यावसायिक सवारीका निम्ति प्रयोग हुने नयाँ कारहरूको बिक्री बढेर ५५ हजार पुगेको छ ।

सो सङ्ख्या जनवरीमा ४९ हजार ४७९ रहेकामा फेब्रुअरीमा बिक्रीको मात्रा २७ प्रतिशतले बढेको हो । विश्व बजार आर्थिक मन्दीले प्रभावित भए पनि यहाँ कारको विक्रीको मात्रा बढेको पाइएको छ ।

 

Comments

Back to top