नेप्सेमा केही अङ्कको गिरावट , कारोबार रकम १ अर्ब ६ करोड ९८ लाख !

आज आइतबार ६.९० अङ्कले घटेर ०.३६% गिरावटका साथ नेप्से परिसूचक १९२६.३१ अङ्कमा बन्द भएको छ। कारोबार भएका २५९ कम्पनीमध्ये ७४ कम्पनी उकालो लागेका छन्, १२७ कम्पनी ओरालो लागेका छन् भने कम्पनी १२ स्थिर रहेका छ। 

कारोबार भएका ८ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा  मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र सुभम पावर रहेका छन्, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै  गुमाउनेमा सानिमा ग्रोथ फण्ड रहेको छ जसको सेयर मूल्य ८.५६% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर हिमालयन डिष्टिलरी र  भोल्यूममा शिवम सिमेंट्सको  कारोबार भएको छ।

Comments

Back to top