सर्प मारेर झोल बनाएर खाने अनौठो माकुरा
सर्प मार्न सक्ने माकुरा पनि छ । त्यतिमात्र होइन मारेर झोल बनाएर खानसक्छ । यो एक प्रजातिको माकुरा हो जुन अष्ट्रेलियामा पाइन्छ ।
रेड व्याक माकुराले सर्प खाने क्षमता राख्छ । यसको आकार दुई वा तीन इन्च भन्दा बढी हुँदैन । तर, यसले जालमा फसेको सर्प र छेपारो समेत खाने क्षमता राख्छ । आफ्नो आकार भन्दा करिब ५० गुणा बढी आकारको प्राणी खाने क्षमताको माकुरा प्रकृतिको गजब विषय हो । आफ्नो सिकारलाई शक्तिशाली विष र अनौठो जालमा फसाएर मार्नेे गर्छ।
यसको जाल अत्यधिक कडा हुने गर्छ। एक पटक फसेको सिकारलाई निस्कन अत्यन्त मुस्किल समेत गराउँछ। शिकार फसे पछि माकुराले अत्यधिक मात्रामा सिल्क जाल सिकार माथि फाल्ने गर्छ। जसले शिकारलाई निस्किन झन् गार्हो पार्छ । त्यस पछि शिकारलाई नराम्रो संग आफ्नो ढंगले तोक्दछ। विष लागेको केहि बेर पछि शिकार मरेतुल्य हुनसक्छ । उक्त विषले शिकारको शरीरलाई तरल पदार्थमा परिणत गर्छ । उक्त पदार्थलाई माकुराले पानी जस्तै निल्ने गर्छ।
Comments