पतञ्जली फुड्सको करोडौं कित्ता सेयर फ्रिज

बाबा रामदेवको कम्पनी पतञ्जली फुड्सका लगानीकर्ताका लागि भारतीय स्टक एक्सचेन्जले कम्पनीको प्रर्वद्धक समूहको २९.२५८ करोड कित्ता शेयर फ्रिज गरेको छ । कम्पनीले तोकिएको समयमा न्यूनतम सार्वजनिक शेयरको मापदण्ड पूरा गर्न सकेको छैन । जसका कारण उनीमाथि कारबाही गरिएको हो ।

डिसेम्बरको अन्त्यमा पतञ्जली फुड्सको पब्लिक सेयर होल्डिङ १९.१८ प्रतिशत थियो । सेबीको नियम अनुसार कुनै पनि सूचीबद्ध कम्पनीमा कम्तीमा २५ प्रतिशत पब्लिक सेयर हुनुपर्दछ । पतञ्जली फुड्स पहिले रुची सोया इन्डस्ट्रिजको नामले चिनिन्थ्यो । डिसेम्बर २०१७ मा, एनसीएलटीले यसको विरुद्ध टाट पल्टिएको भन्दै प्रक्रिया सुरु गर्यो । जुलाई २०१९ मा न्यायाधिकरणले पतञ्जली आयुर्वेदको संकल्प योजनालाई अनुमोदन गर्यो । रिजोलुसन प्लान कार्यान्वयनमा आएपछि कम्पनीमा सर्वसाधारणको शेयर १.१ प्रतिशतमा झरेको थियो ।

सेबीको नियम अनुसार कुनै कम्पनीमा पब्लिक सेयर होल्डिङ २५ प्रतिशतभन्दा कम भएमा तीन वर्षभित्र यो स्तरमा बढाउनुपर्ने हुन्छ । पतञ्जली फुड्सले मार्च २०२२ मा सार्वजनिक प्रस्ताव ल्याएको थियो । यसमार्फत ६ करोड ६२ लाख कित्ता शेयर निष्कासन गरिएको थियो । यसले कम्पनीको सार्वजनिक सेयर स्वामित्व १९ दशमलव १८ प्रतिशत पुगेको छ । तर यसपछि कम्पनीले यसलाई २५ प्रतिशतमा पुर्याउन कुनै पहल गरेको छैन ।

२१ प्रर्वद्धक संस्थाको शेयर रोक्का गरिएको कम्पनीले एक विज्ञप्तिमा जनाएको छ । कम्पनीमा पतञ्जली आयुर्वेदको सबैभन्दा बढी ३९.४ प्रतिशत सेयर रहेको छ। कम्पनीले सेबीको मापदण्ड पूरा नगरेसम्म यी शेयरहरू फ्रिज रहनेछन्। एनएसईमा पतञ्जली फुड्सको सेयर १.३ प्रतिशतले बढेर ९६४.४० रुपैयाँमा बन्द भएको थियो । तर, यो वर्ष हालसम्म कमपनीको सेयर मूल्य १९ प्रतिशतले घटेको छ ।

Comments

Back to top