की ह्वुई क्वान: शरणार्थी हुँदै एभ्रीथिङ एभ्रीह्वेअर अल एट वान्सबाट उत्कृष्ट सह अभिनेताको ओस्कर विजेता!

यो वर्षको ओस्कर दौडमा रहेका कलाकारमध्ये क्वानको कथा सबैभन्दा चाखलाग्दोमध्येमा पर्छ।

खचाखच भरिएको डुङ्गा चढेर सन् १९७० को अन्त्यतिर आफ्नो परिवारसहित भियतनाम छाड्दा उनी सात वर्षका थिए।

उनी आफ्ना पितासहित हङकङ पुगे भने उनकी आमा र परिवारका अन्य सदस्य मलेशिया गए।

भारतीय चलचित्र 'आरआरआर' को 'नाटू नाटू' गीतलाई ओस्कर पुरस्कार
ओस्कर पुरस्कारको प्रतिस्पर्धामा छानिएपछि भारतीय चलचित्र ‘आरआरआर’ को गीतको चुलिएको
सन् १९७९ मा परिवार अमेरिकामा बसाइँ सरेपछि परिवारमा पुनर्मिलन सम्भव भयो।

उक्त कदम ‘आघात पुर्‍याउने खालको’ रहेको उनले बताएका छन्।

“हामी शरणार्थी बन्न पुगेका थियौँ,” क्वानले अघिल्लो वर्ष गार्डियन पत्रिकालाई भनेका थिए।

"कसैले पनि हामीलाई रुचाउँदैन थिए। उनीहरूले हामीलाई ‘भर्खरै डुङ्गाबाट झरेका मानिस भन्थे।’ विद्यालयमा हुँदा हामीलाई मजाक बनाइन्थ्यो। त्यसले एउटा बालकको मस्तिष्कमा कस्तो प्रभाव पार्छ तपाईँ कल्पना गर्न सक्नुहुन्छ।"

तर उनको जीवनमा केही समयपछि नै बदलाव आयो। १२ वर्षको हुँदा उनी आफूभन्दा कान्छा भाइलाई इन्डियाना जोन्सको अडिसनमा समर्थन गर्न गएका थिए।

क्वानले अडिसनमा सहभागी हुने लक्ष्य पालेका थिएनन्। तर कास्टिङ निर्देशकले प्रयास गर्न उनलाई पनि सुझाव दिए।

बालअभिनेताका रूपमा स्टिभन स्पीलबर्गले उनलाई इन्डियाना जोन्स दोस्रो चलचित्रमा खेलाए।

सन् १९८४ मा बनाइएको उक्त चलचित्र थियो, इन्डियाना जोन्स एन्ड द टेम्पल अफ डुम।

त्यसबेला उनको अर्को महत्त्वपूर्ण भूमिका सन् १९८५ को चलचित्र द गूनीजमा रह्यो।

तर काम पाउन छाडेपछि सन् १९९० को अन्त्यमा उनले अभिनय क्षेत्र त्यागे।

त्यसपछि अभिनयमा फर्कने निर्णय लिएको उनी बताउँछन्। त्यसको दुई सातापछि उनलाई एभ्रीथिङ एभ्रीह्वेअर अल एट वान्समा जोडिन अनुरोध गर्दै फोन आएको थियो जसलाई उनले स्वीकार गरे।

बीबीसी

Comments

Back to top