मानव आत्माको तौल २१ ग्राम!
प्राचिन मिश्रका बासिन्दा मृत्युपछि मानव एक लामो यात्रामा निस्कनु पर्ने मान्यता राख्थे । यो यात्रा अत्यन्त कठिन हुन्छ जसमा उसले सुर्य देवता, जसलाई मिस्रका बासिन्दा रा नामले पुरार्थे, को नाउमा बसेर ‘हल अफ डबल ट्रुथ’ सम्म पुग्नु पर्छ भन्ने थियो ।
किवदन्तीहरुका अनुसार सत्य पत्ता लगाउने यस हलमा आत्माको लेखा जोखा हेरिन्छ र उसको फैसला हुने गर्छ । यहाँ साँचो र न्यायकी देवीको कलमको वजनको तुलना मानव ह«दयको वजनसँग गरिन्छ । प्राचिन मिस्रका वासिन्दाको के मान्यता थियो भने मानवको सबै राम्रा नराम्रा कर्मको हिसाब उसको ह«दयमा लेखिएको हुन्छ ।
यदी मानव सादा र निस्कपट जीवन विताएको छ भने उसको आत्माका वजन प्वांखको जति हुन्छ र उसले ओसिरिसको स्वर्गमा सदाका लागि स्थान पाउनेछ ।
डाक्टर डंकनले दावी गरेका थिए, जब मानव आफ्नो अन्तिम स्वास लिइरहेको हुन्छ उसको शरीरबाट आधा वा सवा औंस तौल कम हुन्छ ।
जुन बेला शरीर निस्क्रिय हुन्छ त्यतिबेला तराजुको स्केल एक्कासी तल झर्छ । यसतो लाग्छ की सरीरबाट अचानक केही निस्कर बाहिर गएको हो , डंकनले बताएका थिए ।
डाक्टर डंकनका अनुसार यो प्रयोग १५ कुकुरमा पनि गरिएको र यसको नतिजा नकारात्मक रहेको यियो । मरेको बेल पनि उनीहरुको सरीरको वजनमा कुनै परिवर्तन नदेखिएको उनको भनाई थियो ।
वैज्ञानिक समुदायले उनको शोधको नतिजा मान्न अस्विकार गरेको मात्र नभई उनको प्रयोगलाई बैधता दिन पनि अस्विार गरे ।
तर डाक्टर डंकनले जुन छ जनामा शोध गरिएको थियो त्यसमा पहिलो शरीरमा आएको परिवर्तनलाई लिएर आज पनि चर्चाका विषय बनेको छ ।
यस शोधका अधारमा अहिले पनि मानिसहरु मानव आत्माको तौल तीन चौथाई औंस अर्थाता २१ ग्राम हुन्छ । यो डाक्टर डकनको पहिलो ब्यक्तीको शरीरमा मृत्युपछि आएको परिवर्तनमा आधारित थियो ।
Comments