‘च्याट जेपीटी’को साइबर अपराधबारे चेतावनी!

बेलायती साइबर सुरक्षा फर्म ‘डार्कट्रेसले आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याटजीपीटी’ले फिसिङ स्क्याम (साइबर अपराध) को परिष्कार बढाएको हुन सक्ने चेतावनी दिएको छ।

सिलिकन भ्यालीको पछिल्लो एप ‘च्याटजेपीटी’लाई माइक्रोसफ्ट समर्थित ‘स्टार्ट अप ओपनएआई’ले गत वर्ष नोभेम्बरदेखि सेवा सञ्चालनमा ल्याएको थियो।

‘डार्कट्रेसले च्याटजीपीटीले थप चुनौतीहरूको प्रवेशमा बाधा कम गरेको भन्नेमा विश्वास गर्दैन,’ फर्मले भनेको छ, ‘तर यसले साइबर अपराधक (फिशिंग ईमेल)हरूको परिष्कार बढाउन मद्दत गरेको विश्वास गर्छ। यसले विरोधीहरूलाई अधिक लक्षित, व्यक्तिगत र अन्ततः, सफल आक्रमणहरू सिर्जना गर्न सक्षम बनाउँछ।’ 

‘जेनेरेटिव एआई’ मध्येको च्याटजीपीटी एक उदाहरण हो जसले तथ्यांक र अनुरोधको आधारमा एक छवि, एक कविता, एक हजार–शब्द निबन्धजस्ता सामग्री सेकेन्डमा तयार पारी सेवाग्राहीलाई उपलब्ध गराउन सक्छ।

डार्कट्रेसले बुधबार भनेको छ, ‘च्याटजीपीटीले साइबर सुरक्षाका लागि जेनेरेटर एआईको प्रभावका बारेमा बिषयलाई बाहिर ल्याएको छ।’ यद्यपि, ‘च्याट जेपीटी’ जारी भए पनि आफ्ना ग्राहकहरूमाथि इमेल आक्रमणहरू जारी रहेको र दुर्भावनापूर्ण लिंकहरु भएकाहरूको संख्यामा कमी आएको कम्पनीले जनाएको छ।

Comments

Back to top