विश्वकै पहिलो सुनैसुनको होटल!
सुनको मूल्यले दिन दिनै नयाँ रेकर्ड बनाइरहेको छ । यस्तो बेलामा सुन वा सुनका गहना खरीद गर्नु निकै कठीन हुन्छ । तर, यस्तो अवस्थामा कुनै एउटा होटल सुनैसुनले बनेको छ भन्ने सुन्दा सबैलाई पत्यार नलाग्न सक्छ । यस्तो होटल जहाँका प्राय सबै सामानमा सुनको जलप लगाइएको छ । कतिपय सामान २४ क्यारेट सुनले नै बनेका छन्।
यो होटल भियतनामको राजधानी हनोईमा रहेको छ । यो होटलमा ट्यूबदेखि लिएर ट्वाइलेटसम्म पनि सुनले चम्काइएको छ । होटलको नाम राखिएको छ: दि डोल्स हनोई गोल्डेन लेक ।
रोयटर्सका अनुसार यो निकै पृथक होटल बनाउनका लागि ११ वर्ष समय लाग्यो । यो होटलमा ४०० वटा रुम रहेका छन् ।
यो होटलका प्रत्येक कोठाका बाथरुमका सबै सामान पनि सुनले नै बनेका छन् । यसमा तपाईले गोल्ड प्लेटेड बाथटप, ट्वाइलेट देख्न सक्नुहुन्छ । यसबाहेक होटलका फर्निचर र अन्य अप्लाइसेन्स पनि सुनबाट नै बनेका छन् ।
Comments