रातो मासु मुटु रोगीका लागि घातक

अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ। दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोलीले गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो। 

प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको वृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययनकर्ताहरुले बताएका छन्। त्यस्ता तत्वहरुले मुटुसँगै नशासम्बन्धी र चिनीरोग सम्बन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ।

अध्ययन टोलीका अनुसन्धानकर्ता डा. पेर्माल डेओले भने, 'रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीहरुलाई हानी पुर्‍याउने देखिएको छ।

Comments

Back to top