मानव खप्परको आकार बन्ने अचम्मको फूल!

स्न्याप ड्रागन वा ड्रागन फूल युरोप, अमेरिका र उत्तरी अफ्रिकामा लोकप्रिय फूल हो। ड्रागनको मुखसँग मेल खाने आकारका कारण यसको नाम स्न्याप ड्रागन राखिएको हो।

तर यो फूलको आकार ड्रागनसँग मात्र मेल खाँदैन । जब यो फूल सुकेपछि मानव खप्पर जस्तै देखिन्छ। त्यही भएर यो फूलको बारेमा धेरै किम्बदन्तीहरु रहेका छन् ।

जसमध्ये एउटा किम्बदन्ती यो फूलको दाना खाए, महिलाहरुले गुमाएको युवापन र सुन्दरता फिर्ता पाउने रहेको छ। त्यस्तै घरमा यो फूल फुलाए यसले खराब तत्वहरुबाट घरलाई सुरक्षित राख्ने पनि विश्वास रहेको छ ।

तर, वैज्ञानिकहरु यस्ता किम्बदन्तीहरु खारेज गर्छन्। फूलको बनावटको कारणले सुकेपछि यस्तो आकार लिने उनीहरु बताउँछन्।

Comments

Back to top