अडानी ग्रुपको सेयर मूल्य १० प्रतिशत बढ्यो!

अडानी ग्रुपको सामित्सेवमा रहेको सात पब्लिक कम्पनीहरूले सेयर मूल्य बढेको छ। जीक्युजी पार्टनर्सबाट १.८७ अर्ब डलर लगानी सम्झौता घोषणा गरे लगत्तै अडानी इन्टरप्राइजेजको सेयर मूल्यमा १० प्रतिशतले बढेको हो।

अडानी इन्टरप्राइजेजको सेयर १०% अपर सर्किट लिमिटमा भारु १,७६७.३५ मा कारोबार भएको थियो।

त्यस्तै, अडानी ग्रुप अन्तर्गतका बाँकी ६ पब्लिक कम्पनी, अडानी ट्रान्समिसन, अडानी ग्रीन इनर्जी,अडानी टोटल ग्यास, अडानी विल्मर, अडानी पावर र एनडीटीभी सबैको पाँच प्रतिशतले अपर सर्किट लागेको छ। अडानी पोर्टको सेयरमा भने सात प्रतिशतले बढेर ६६९ भारतीय रुपैयाँमा कारोबार भयो।

अडानी ग्रुपको बाँकी स्टक पनि ग्रीन जोनमा कारोबार भएको थियो। लगातार चौथो दिनदेखि अडानी ग्रुपको सेयरमा उछाल आएको छ।

अघिल्लो दुई दिनमा ७४,००० करोड भारतीय रुपैयाँ बढेको अडानीका कम्पनीहरूको विहीबार कुल बजार मूल्य ३०,००० करोड भारतीय रुपैयाँले बढेको छ।

योसँगै, बिहीबार फोर्ब्सको धनाढय सूचीमा २७‌ ‌औँ स्थानमा रहेका अडानी शुक्रबार ४३.३ अर्ब डलर कूल सम्पत्तिका साथ एक स्थान माथि उक्लिएका छन्। 

यद्यपि, अडानी समूहसँगको सम्झौता जीक्युजी पाटनर्सको लागि भने राम्रो सावित भएन। अष्ट्रेलियामा सूचीबद्ध  कम्पनीको सेयर शुक्रबार ३ प्रतिशतले घट्यो।

यस हप्ताको बाउन्स ब्याकको बावजुद, जनवरीको अन्त्यमा हिन्डनबर्ग रिपोर्ट जारी भएदेखि अडानी स्टकले अझै यसको बजार मूल्यको ५७ प्रतिशत मूल्य गुमाएको छ।

हिन्डनबर्ग रिपोर्टको प्रभाव अडानी स्टकमा मात्रै सीमित रहेको छैन। हिन्डनबर्ग रिपोर्टको बैंक र सरकारी स्वामित्वको एलआईसीको स्टकमा पनि प्रभाव पारेको छ।

अढानीको स्टकमा आएको पहिरोले सामान्यदेखि ठूला लगानीकर्ताले सम्पत्ति गुमाएपछि जनगुनासो सुन्दै भारतको सर्वोच्च अदालतले यस मुद्दाको छानबिन गर्न समिति गठन गरेको छ।

Comments

Back to top