सिउँदोमा सिन्दूर लगाउनु स्वास्थ्यमा हानिकारक!

विवाहित महिलाहरूले आफू विवाहित भएको पहिचान गराउनका लागि सिन्दूरको प्रयोग गर्ने गर्छन्। सिन्दूरलाई विवाहित महिलाहरूको मुख्य श्रृंगारको रूपमा लिने गरिन्छ । तर, त्यस्ता सिन्दूर स्वास्थ्यका हिसावले भने हानिकारक हुने पाइएको छ ।

एक अध्ययन अनुसार सिन्दूरमा लिड अर्थात् सीसाको अधिक प्रयोग हुने गरेको पत्ता लगाइएको छ । लिड मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । लिडको स्तर र मात्राले स्वास्थ्य लागि हानिकारक हुने एउटा बेलायती अध्ययनले पत्ता लगाएको छ ।

न्यूजर्सीस्थित ‘रच्गर स्कुल अफ पव्लिक हेल्थ’ पिस्काटावेका शोधकर्ताहरूले गरेको नमुना परीक्षणमा कूल १ सय १८ वटा सिन्दूरको नमुना परीक्षण गरिएको थियो । जसबाट सिन्दूरको रंगलाई गाढा बनाउनका लागि टेट्रोक्साइड नामक सिसाको प्रयोग गरिएको पाइन्छ । संकलित गरिएको सिन्दूरमध्ये ८० प्रतिशतमा न्यूतमम मात्रामा लिडको प्रयोग भएको र अमेरिकन फूड तथा ड्रग एडमिनिस्ट्रेसनले तोकेको मापदण्डभन्दा अधिक मात्रामा सीसाको प्रयोग भएको पाइएको थियो।

सिँउदोमा प्रयोग गर्ने सिन्दूर हावाको माध्यमबाट फोक्सोमा तथा खानाको माध्यमबाट पेटमा पुग्न सक्ने हुँदा सीसाको सोझो असर शरीरमा पर्ने हुन्छ र मानिसको मृत्युसमेत हुन सक्छ। रङ, धुलो आदिमा सीसाको प्रयोगले स्वास्थ्यलाई खराब गर्नुका साथै मानसिक स्थितिमा समेत ह्रास ल्याउने उक्त अध्ययनले बताएको छ।

सिन्दूरको प्रयोगले नवजात शिशुहरू सबैभन्दा धेरै जोखिममा पर्ने हुन्छ। आमाको सिन्दूरले ६ वर्षभन्दा कम उमेरका बच्चाका लागि स्वास्थ्यमा एकदमै प्रतिकूल असर पर्छ।

Comments

Back to top