विवाहको तीन दिनसम्म चर्पी जान नपाइने यस्तो समुदाय!

एउटा यस्तो समुदाय छ जहाँ विवाहको तीन दिनसम्म चर्पी जान पाउँदैनन्। विवाहको तीन दिन सम्म दुलहा दुलहीलाई चर्पी जान नपाउने विधिलाई इन्डोनेसियाको टीन्डागं समुदाय महत्वपुर्ण रुपमा लिने गर्दछन्। यसैले मानिसहरुले निष्ठापुर्वक यो विधि मान्ने गर्दछन्।

यो तीन दिनमा नव दम्पति मध्ये कुनै एक जनाको ज्यान नै चर्पी जाँदा खतरामा पर्न सक्ने भन्ने टीन्डागं समुदायमा अन्धविश्वासको कारण यो तीन दिन सम्म खाना पनि कम दिइन्छ।

यहाँको समुदायका मानिसले विवाहको तीन दिन सम्म दुलहा दुलहीलाई चर्पी जान दिदैनन् । विवाह पवित्र समारोह हो, चर्पी जानाले उनीहरुको पवित्रता भंग हुने हुनाले वरवधु अशुद्ध हुने विश्वास रहकाले चर्पी जान मनाही गरिएको त्यहाँको स्थानीयहरु बताउने गरेका छन् ।

नव दम्पतीलाई नराम्रो नजरबाट बचाउन सकिने धार्मिक विश्वास रहेको छ । दम्पत्तिमाथी नकरात्मक नजर लाग्ने र वैवाहिक सम्बन्ध नै बिग्रने संम्भावना हुने हुनाले चर्पी जानबाट रोक लगाएको हो ।

विवाह हुनुभन्दा अगाडि र विवाहपछि प्रायः सबै धर्म जात अनुशारको आफ्नै विभिन्न विधि हुन्छन। तर इन्डोनेसियाको टीन्डागं समुदायको चलन हामीले देखे सुने भन्दा फरक तथा रोचक रहेको छ।

 

Comments

Back to top