मानव शरीरमा हुने जिनको काम!

प्रत्येक क्रोमोजम्समा हजारौंको संख्यामा जिन हुन्छन्। जिनहरु एक प्रकारको रसायनबाट बनेका हुन्छन्। जसलाई डिएनए भनिन्छ। यिनै जिनले नै बालकका गुणहरु निश्चित गर्दछन्। यसबाट नै बालकको पैत्रिक वा वंशानुगत गुण, छालाको रङ्ग, उचाई, कपालको रङ्ग र प्रकार (कालो, खैरो, खस्रो सिधा, घुँघुरिएको), स्वास्थ्य, बृद्धि, व्यक्तित्व आदि निर्धारण हुन्छ। त्यसैबाट हामी बच्चाको आकृति र स्वभावलाई उसका बाबु आमा वा अरुसँग तुलना गर्छौ।

वास्तवमा प्रत्येक लक्षण र चिन्हका लागि अलग अलग जिन हुन्छन्।

जस्तो छालाको रङ्गको जिन, कपालको जिन, ओठको जिन, नाकको जिन आदि। जिन दुई प्रकारका हुन्छन्। शक्तिशाली र कमजोर। बालकमा प्रत्येक लक्षणको लागि एउटा जिन आमाबाट र एउटा बाबुबाट आउँछ। शुक्रकीट वा अण्डाभित्र पनि जिन आफै बन्दैन। उनीहरुले पनि आफ्ना आमा बाबुबाट जिनहरु पाएका हुन्छन्।

यसरी वंशानुगत रुपमा प्राप्त जिनहरु नै हरेक आमा बाबुले आफ्नो सन्तानलाई दिन्छन्। आफ्ना आमा बाबुबाट प्राप्त भिन्नभिन्नै एक एक जिन जुन बच्चामा आउँछन् त्यसबारे दुवै जिन प्रभावशाली आउँछन् या कमजोर आउँछन् भन्न सकिँदैन।

वास्तवमा यो संयोगको कुरा हो। तर कुन लक्षणको कुन कुन जिन आउँछन् त्यसै अनुसार बच्चामा आमा बाबुको प्रभाव पर्दछ। जस्तै, यदि छाला गोरो हुनलाई चाहिने दुवैतिरबाट आएको जिन प्रभावशाली छ भने बच्चाको छालाको रङ्ग गोरो हुन्छ। एउटा प्रभावशाली र एउटा कमजोर जिन छ भने पनि बच्चा गोरो नै हुन्छ किनभने प्रभावशाली जिनले कमजोर जिनलाई दबाउँछ तर दुवैतिरबाट आएको जिन कमजोर छ भने बच्चाको रङ्ग गोरो हुदैन।

यही नियम कपाल, हात, खुट्टा, कान, नाक आदि अङ्गको स्वरुपमा पनि लागु हुन्छ।

वंशाणुगत गुणमा फरक आउने कारण जिनमा भएको प्रोटिनको मात्राको फरक हो। तर पनि यो मान्छे आमा बाबु जस्तै मोटो, दुब्लो, रिसाहा, शान्त, गम्भिर, कस्तो होला भनी अन्दाज गर्न सकिन्छ।

जिनमा परिवर्तन गरेर मानिसको वंशानुगत गुण कसरी बदलिन सकिन्छ भनेर विभिन्न वैज्ञानिक खोजहरु भइरहेका छन्।

यी शारीरिक लक्षणबाहेक भावनात्मक प्रवृत्तिहरु जस्तो रिस, भावुकता, बृद्धि, शिलस्वभाव, विचार आदि पैत्रिक देन मात्र नभएर बालक हुर्कने वातावरणमा पनि भर पर्दछन् भन्ने कुरा वैज्ञानिकहरुको अध्ययनबाट प्रमाणित भएको छ।

Comments

Back to top