एक अनौठो जनावर 'टारसियर' जसले उज्यालो किरण संकलन गरेर राख्न सक्छ!
विश्वमा अनेक प्रकारका जनावरहरु छन् । तीमध्ये टारसियर नामक अनौठो जनावर पनि छ, अध्याँरोमा पनि सहजै देख्न सक्छ ।
टारसियर नामको यो सानो जनावर आफ्ना ठूला र चम्किला आँखाको कारण परिचित छ । दक्षिण–पूर्वी एसियामा पाइने यो टारसियरको आँखा उसको दिमाग बराबर क्षमताको हुन्छ । जसले आँखालाई मात्र घुमाएर यताउता हेर्न सक्दैन । यदि दायाँ–बायाँको कुनै चिज हेर्नु छ भने यो जनावरले पूरै टाउको नै घुमाउनुपर्छ ।
टारसियरको यो डरलाग्दो आँखा नै उसको विशेषता हो । किनभने उसले यिनै आँखाको माध्यमबाट घोर अँध्यारोमा पनि सजिलै देख्न सक्छ । र, टारसियरले हरेक चिजलाई एकै रंगको देख्छ । उसको आँखाको बनावट यस्तो हुन्छ कि उसले हरेक उज्यालोको अन्तिम झुल्को संकलन गर्न सक्छ । उसको आँखा रातमा देख्न सक्ने कुनै नाइट भिजन चस्माजस्तै हुन्छ ।
Comments