अडानीमात्र होइन एलन मस्कले पनि गुमाए एकैदिन ७ अर्ब डलर!

एलन मस्क, जेफ बेजोस, मुकेश अम्बानीलगायत अन्य अर्बपतिहरुको सम्पत्तिमा तीव्र गिरावट आएको छ।

टेस्लाका सीईओ तथा विश्वकै दोस्रो धनीव्यक्ति एलन मस्कलाई सबैभन्दा ठूलो घाटा भएको छ। मस्कको नेटवर्थ एकै झट्कामा ७.१ अर्ब डलरले घटेर १९१.१ अर्ब डलरमा झरेको छ। टेस्ला इंकको सेयर मंगलबार ५.२५ प्रतिशतले घटेर १९७.३७ डलरमा बन्द भएको छ। 

धेरै सम्पत्ति गुमाउने अर्बपतिको सूचीमा एलन मस्क पहिलो नम्बरमा छन् भने गौतम अडानीको नाम दोस्रो नम्बरमा छ। गौतम अडानीले पछिल्लो २४ घन्टामा ५.९ अर्ब डलर घाटा व्यहोर्नुपरेको छ। उनको नेटवर्थ ४१.४ अर्ब डलरमा झरेको छ। उनी विश्वका अर्बपतिको सूचीमा २६ औँ स्थानमा पुगेका छन्।

Comments

Back to top